३ आश्विन २०८३, शनिबार । September 19, 2026

पूजाको कीर्तिमानी शतकमा नेपालले कुवेतलाई दियो २ सय १४ रनको लक्ष्य


२७ कार्तिक २०८१, मंगलबार  

600
Shares

काठमाडौं । कप्तान पूजा महतोको शतकमा जारी महिला यु १९ टि ट्वान्टी विश्वकप छनोटमा नेपालले कुवेतलाई २ सय १४ रनको विशाल लक्ष्य दिएको छ।

युएईको अजमानमा जारी खेलमा प्रतियोगितामा नेपालकी कप्तान पूजा महतोले कीर्तिमानी शतक पूरा गरेकी हुन्। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २१३ रनको योगफल तयार पारेको हो । नेपालका लागि महतोले ६९ बलमा १७ चौकाको सहयोगमा नट आउट रहँदै १३० रन बनाइन्।

यसैगरी सोनी पाख्रिनले ४३ रन, सावित्री धामीले ११ रन, साना प्रविनले ६ रनको योगदान गरिन् । कुवेतका लागि कप्तान जिफा जिलानी र मारिना डि सोजाले १र१ विकेट लिए ।

प्रकाशित मिति : २७ कार्तिक २०८१, मंगलबार  १ : १४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ