१० बैशाख २०८३, बिहिबार । April 24, 2026

द हङकङ सिक्सेसः अस्ट्रेलियाविरुद्ध नेपालको सनसनीपूर्ण जित


१७ कार्तिक २०८१, शनिबार  

1k
Shares

काठमाडौं । कप्तान सन्दीप जोराको उत्कृष्ट ब्याटिङ र प्रतिश जिसीको सानदार बलिङमा नेपालले जारी द हङकङ सिक्सेसमा अस्ट्रेलियाविरुद्ध ११ रनको सनसनीपूर्ण जित निकालेको छ ।

नेपालले दिएको १ सय १२ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले निर्धारित ६ ओभरमा सबै विकेट गुमाउँदै सय रन मात्र बनाउन सक्यो । अस्ट्रेलियाका लागि ज्याक वुडले १६ बलमा ५५ रन बनाए । त्यस्तै एलेक्स रोसले १४ रन बनाए । नेपालका लागि प्रतिश जिसीले ३ विकेट लिए । २ ओभर बलिङ गरेका उनले मात्र २४ रन खर्चिए ।

त्यस्तै लोकेश बमले १ ओभरमा १३ रन खर्चिएर १ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ६ ओभरमा २ विकेट गुमाउँदै १ सय ११ रन बनाएको थियो । यसअघि शुक्रबार नेपालले इंग्ल्यान्डलाई ६ विकेटले हराएको थियो । नेपाल पुल बी बाट क्वार्टरफाइनल प्रवेश गरिसकेको छ ।

क्वार्टरफाइनलमा नेपालले श्रीलंकासँग आजै खेल्दैछ ।

प्रकाशित मिति : १७ कार्तिक २०८१, शनिबार  ७ : २० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाल–रुस सम्बन्धको ७० वर्ष: ऐतिहासिक मित्रतादेखि भविष्यको रणनीतिक सहकार्यतर्फ

काठमाडौं, काठमाडौंस्थित रसियन हाउसमा आयोजित उच्चस्तरीय छलफल कार्यक्रममार्फत नेपाल–रुस कूटनीतिक

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म