३ चैत्र २०८१, सोमबार । March 17, 2025

साफ महिला च्याम्पियनसिपः भारतको विजयी सुरुवात



काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिपमा भारतले विजयी सुरुवात गरेको छ ।

बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको उद्‌घाटन खेलमा पाकिस्तानलाई ५–२ गोलअन्तरले पराजित गर्दै भारतले प्रतियोगितामा विजयी सुरुवात गरेको हो । भारतलाई जित दिलाउन ग्रेस डाइङमेइले २ तथा बाला देवी, मनिसा र ज्योति चौहानले समान १–१ गोल गरे । पाकिस्तानका लागि सुहा हिरानी र केइला मारी सिद्धिकीले गोल गरेका थिए ।

खेलमा सुरुवाती अग्रता भारतले नै लिएको थियो । पहिलो हाफमा ४–१ गोलअन्तरको अग्रता लिएको भारतले दोस्रो हाफमा थप एक गोल गर्दा एक गोल भने खान पुगेको थियो ।

खेलको ४७औँ मिनेटमा पाकिस्तानकी केइला मारी सिद्धिकीले गोल गर्दै भारतको अग्रता ४–२ मा झारेकी थिइन् ।

प्रकाशित मिति : १ कार्तिक २०८१, बिहिबार  ८ : ३२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

आज सुनको मूल्य स्थिर, चाँदीको भाउ घट्यो

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ

इन्द्रसरोवरमा भारतीय नम्बर प्लेटको गाडी दुर्घटना, ४ जना घाइते

काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ धाराखोल्छामा भारतीय नम्बर प्लेटको फोर्स

अमेरिकी डलरको भाउ स्थिर, युरो र पाउण्ड स्टर्लिङ घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायमै

काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको साथै स्थानीय वायुको

नेपाल स्काउटमा सुधारको माग राख्दै अनशन, पदाधिकारीद्वारा दुर्व्यवहारको आरोप

काठमाडौं । नेपाल स्काउटमा सुधारको माग राख्दै सुरु गरिएको अनशन