२७ मंसिर २०८१, बिहिबार । December 12, 2024

साफ महिला च्याम्पियनसिपः भारतको विजयी सुरुवात



काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिपमा भारतले विजयी सुरुवात गरेको छ ।

बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको उद्‌घाटन खेलमा पाकिस्तानलाई ५–२ गोलअन्तरले पराजित गर्दै भारतले प्रतियोगितामा विजयी सुरुवात गरेको हो । भारतलाई जित दिलाउन ग्रेस डाइङमेइले २ तथा बाला देवी, मनिसा र ज्योति चौहानले समान १–१ गोल गरे । पाकिस्तानका लागि सुहा हिरानी र केइला मारी सिद्धिकीले गोल गरेका थिए ।

खेलमा सुरुवाती अग्रता भारतले नै लिएको थियो । पहिलो हाफमा ४–१ गोलअन्तरको अग्रता लिएको भारतले दोस्रो हाफमा थप एक गोल गर्दा एक गोल भने खान पुगेको थियो ।

खेलको ४७औँ मिनेटमा पाकिस्तानकी केइला मारी सिद्धिकीले गोल गर्दै भारतको अग्रता ४–२ मा झारेकी थिइन् ।

प्रकाशित मिति : १ कार्तिक २०८१, बिहिबार  ८ : ३२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

दोहोरो अंकले घट्यो नेप्से परिसूचक, कारोबार रकम भने बढ्यो

काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजार परिसूचक

रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

कास्की । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण कसुरमा

एनपीएल विशेषः काठमाडौंले जनकपुरलाई दियो १ सय २ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबारको दोस्रो जारी

एनपिएल विशेषः सुपर ओभरमा सन्दिप महंगो साबित, पोखरासँग बिराटनगर १३ रनले पराजित

एनपिएल अन्तरगत विहिबारको पहिलो खेलमा विराटनगर किंग्सलाई सुपर ओभरमा हराउँदै

सुनको मूल्य स्थिर, चाँदी कति छ ?

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ