४ असार २०८३, बिहिबार । June 19, 2026

तेस्रो अभ्यास खेलमा नेपाल विजयी, करण र कुशल भुर्तेलको उत्कृष्ट प्रदर्शन


२२ आश्विन २०८१, मंगलबार  

3.9k
Shares

काठमाडौं । करण केसी र कुशल भुर्तेलको उत्कृष्ट ब्याटिङले क्यानडाको हाइप्रोफोमेन्स (एचपी) विरुद्धको तेस्रो अभ्यास खेलमा नेपाललाई जित दिलाएको छ ।

खेलमा तीव्र गतिका बलर करण केसीको पाँच विकेट लिएका थिए भने कुशल भुर्तेलले अर्धशतक बनाएका थिए । केसी र भुर्तेललको उत्कृष्ठ प्रदर्शनकै कारण नेपालले क्यानडाको हाइप्रोफोमेन्स (एचपी) लाई १० रनले हराउन सफल भएको थियो । यो जितसँगै तीन खेलको अभ्यास खेल नेपालले २–१ ले जितेको छ ।

नेपालले दिएको १ सय ८८ रनको लक्ष्य पछ्याएको क्यानडा ४४ दशमलव ५ ओभरमा १ सय ७७ रनमा अल आउट भयो । क्यानडाका अली नदिमले १ सय १६ बलमा ७ चौका र ३ छक्कासहित ८५ रनको योगदान दिए । नेपालका करण केसीले ९ दशमलव ५ ओभरमा ५५ रन खर्चेर ५ विकेट लिए ।

सागर ढकालले २, आरिफ शेख, रिजन ढकाल र ललितनारायण राजवंशीले १–१ विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको नेपाल ४८ दशमलव ३ ओभरमा १ सय ८७ रनमा अल आउट भयो ।

नेपालका कुशल भुर्तेलले तल्लोक्रममा ७० बलमा ५ चौकासहित सर्वाधिक ५२ रन बनाए ।

प्रकाशित मिति : २२ आश्विन २०८१, मंगलबार  ८ : ०८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा