काठमाडौं । काठमाडौंमा जारी एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को फाइनलमा कार्णली यश्विस र ललितपुर क्विन्सको भिडन्त हुने भएको छ ।
शुक्रबार दशरथ रंगशाला कभर्डहलमा भएको लिग चरणको अन्तिम खेलमा कर्णालीले काठमाडौं स्पाईकर्सलाई ३–१ को सेटमा पराजित गरेपछि कर्णालीले फाइनल यात्रा तय गरेको थियो । यस्तै शुक्रबार नै भएको अर्को खेलमा ललितपुरलृ चितवन शक्तिलाई पराजित गरेर फाइनलको यात्रा तय गरेको थियो ।
खेलको पहिलो सेटमा कर्णालीले सुरुवाती अग्रता लिएपनि काठमाडौंले सानदार पुनरागमन गर्दै पहिलो सेट २५–२३ ले आफ्नो पक्षमा पारेको थियो । त्यसपछि भने कर्णालीले लगातार तीन सेट जित्दै खेल जितेको थियो । दोस्रो सेट २५–१४ ले सहजै आफ्नो पक्षमा पारेको कर्णालीलाई तेस्रो सेटमा काठमाडौंले चुनौती दिएपनि २५–२३ ले आफ्नो पक्षमा पार्दै २–१ को अग्रता बनाएको थियो ।
काठमाडौंलाई फाईनल पुग्न कम्तीमा पनि कर्णाली विरुद्ध २ सेट जित्नुपर्ने अवस्था थियो तर चौथो सेट कर्णालीले एकपक्षिय रुपमा २५–१२ ले आफ्नो पक्षमा पार्दै खेल जित्यो । कर्णाली लिग चरणका सबै ५ खेलमा जित हासिल गर्दै फाइनल पुग्ने टोली हो । ५ खेलबाट १३ अंक जोडेर कर्णाली शीर्ष स्थानमा रह्यो ।
काठमाडौं हारेपछि ललितपुर क्विन्स १० अंभसहित दोस्रो हुँदै फाईनल पुग्यो । ३ जित र २ हार व्यहोरेको काठमाडौं ९ अंक जोडेर तेस्रो हुँदै फाईनल होडबाट बाहिरियो ।
प्रतिक्रिया