काठमाडौं । काठमाडौंमा जारी एभरेष्ट महिला भलिबल लिग अन्तर्गत शुक्रबार भएको पहिलो खेलमा ललितपुर क्विन्सले चितवन शक्तिलाई पराजित गरेको छ ।
आज भएको खेलमा ललितपुरले चितवनलाई ३–१ को सेटमा पराजित गरेको हो । ललितपुरले पहिलो सेट हारेपनि त्यसपछि खेलमा कम ब्याक गर्दै लगातार तीन सेट जितेको थियो । योसँगै लिलितपुरको फाइनल खेल्ने सम्भावना कायमै रहेको छ । यो जितपछि ललितपुर क्विन्सको ५ खेलमा १० अंक भएको छ ।
त्यस्तै यो हारपछि चितवन भने फाइनलको दौडबाट बाहिरिएको छ ।
प्रतिक्रिया