३ चैत्र २०८१, सोमबार । March 18, 2025

साताको पहिलो कारोबारको दिन २२ अंकले घट्यो नेप्से, कारोबार रकम समेत खुम्चियो



काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट आएको छ ।

आज नेप्से परिसूचक २२ दशमलव ३६ अङ्कले घटेर दुई हजार चार सय ६४ दशमलव ४० को विन्दुमा कायम भएको छ । आज तीन सय २७ कम्पनीको एक करोड तीन लाख ११ हजार आठ सय ८५ कित्ता शेयर ५८ हजार चार सय एक पटक खरिदबिक्री हुँदा कारोबार रकम रु चार अर्ब पाँच करोड छ लाख ५८ हजारमा खुम्चिएको छ ।

आज उत्पादन तथा प्रशोधन समूहको उपसूचक एक दशमलव ०३ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा बढी व्यापार समूह दुई दशमलव ९७ र जलविद्युत् समूह दुई दशमलव ३६ प्रतिशले घटेको छ । बैंकिङ शून्य दशमलव ७४, विकास बैंक शून्य दशमलव ८९, वित्त एक दशमलव ९१, होटल तथा पर्यटन एक दशमलव ४७ र लगानी समूह एक दशमलव ४० प्रतिशतले घटेको छ ।

त्यस्तै, जीवन बिमा समूह शून्य दशमलव ३१, म्युचुअल फण्ड एक दशमलव २१, निर्जीवन बिमा शून्य दशमलव १५ र अन्य समूह एक दशमलव ०२ प्रतिशतले घटेको छ । आजको कारोबारमा ४६ कम्पनीको शेयर मूल्य बढ्दा एक सय ९३ कम्पनीको शेयर मूल्य घटेको नेप्सेले जनाएको छ । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य आज सबैभन्दा बढी छ दशमलव ६६ प्रतिशतले बढेको छ ।

सबैभन्दा बढी घट्नेमा अपर साङगी हाइड्रोपावर लिमिटेडको शेयर मूल्य नौ दशमलव ९९ प्रतिशत रहेको छ । आज सबैभन्दा बढी एनएलजी इन्स्योरेन्स कम्पनीको रु १५ करोड ९२ लाख ३० हजार आठ सय २० बराबरको कारोबार भएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  ५ : १२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाल प्रहरीको ३१ औं महानिरीक्षकमा दीपक थापा नियुक्त

काठमाडौं । नेपाल प्रहरीको ३१ औँ महानिरीक्षकमा दीपक थापा नियुक्त

लुम्विनी विशिष्टिकृत सहकारीसँगको साझेदारीमा इन्द्रेणी सहकारीको गुणस्तरीय दुध विक्रि केन्द्रको शुभारम्भ

बुटवल । इन्द्रेणी बहुउद्देश्य सहकारी संस्था लिमिटेडले आफ्नो बहुउद्देश्य कार्यक्रम

एसईईका विद्यार्थी, अभिभावक र विद्यालयका लागि प्रिन्सिपल डीके ढुङ्गानाका सुझाव

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०८१ को माध्यामिक शिक्षा परीक्षा

आज सुनको मूल्य स्थिर, चाँदीको भाउ घट्यो

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ

इन्द्रसरोवरमा भारतीय नम्बर प्लेटको गाडी दुर्घटना, ४ जना घाइते

काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ धाराखोल्छामा भारतीय नम्बर प्लेटको फोर्स