२ चैत्र २०८१, आइतबार । March 16, 2025

सिद्धार्थ बैंकको अफर ‘दशैंको खुशीयाली डबल यसपाली’



काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले नेपालीहरुको महान् चाड विजया दशमीको उपलक्ष्यमा आफ्ना ग्राहकहरूको लागि विशेष योजना ल्याएको छ ।

यस ‘दशैंको खुशीयाली डबल यसपाली’ अन्तर्गत, बैंकका ग्राहकहरुले यहि आश्विन ११ देखि ३० सम्म गरिएको कार्ड वा मोबाइल बैकिङ्ग कारोबारमा २ गुणा बढि प्वाईन्ट प्राप्त गर्न सक्नेछन् । बैंकले सञ्चालनमा ल्याएको सिद्धार्थ रिवार्ड कार्यक्रमअन्तर्गत ग्राहकहरुले सिद्धार्थ बैंकको कार्ड प्रयोग गरी गरेको खरिद र मोबाइल बैकिङ्गबाट गरेको टपअपको आधारमा रिवार्डमा सामान्यतः प्राप्त हुने प्वाईन्टको दोब्बर प्वाइन्ट प्राप्त गर्न सक्नेछन् ।

यसरी आर्जन गरेको पोइन्टसलाई हवाई टिकट, होटल, पसल, उपहार कार्ड, बिमा तथा इन्टरनेट बिल पेमेन्ट आदि जस्ता विभिन्न सेवाहरु लिन भुक्तानीका लागि नगदको सट्टा प्रयोग गर्न सक्नेछन् । सिद्धार्थ बैंकले यो अफर मार्फत ग्राहकहरूलाई डिजिटल कारोबारको लाभ मात्र नभई, उनीहरूको बैंकप्रतिको विश्वासलाई अझ बलियो बनाउन पनि प्रयास गरेको छ ।

यस योजनाले ग्राहकहरूकोडिजिटल बैंकिङ्ग कारोबारलाई प्रोत्साहन गर्नुका साथै बैंकले आफ्नो डिजिटल रूपान्तरणको यात्रालाई पनि थप गति दिने छ ।

प्रकाशित मिति : १० आश्विन २०८१, बिहिबार  ८ : २९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

रेकर्ड मूल्यबाट केही घट्यो सुनको भाउ, कति पुग्यो तोलामा ?

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा सुनको

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

काठमाडौं । कवि तथा गजलकार सुदिम्न दाहालको पहिलो साहित्यिक कृति

घट्यो इन्धनको मूल्य, लिटरमा कति पुग्यो ?

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्राको किनबेच ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः यी पाँच प्रदेशमा हावाहुरीसहित बर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको साथै स्थानीय वायुको