१८ जेष्ठ २०८३, सोमबार । June 1, 2026

दराज नेपालद्वारा दशैं धमाका क्याम्पेनको घोषणा, ७० प्रतिशतसम्म छुट


१० आश्विन २०८१, बिहिबार  

9
Shares

काठमाडौं । अनलाइन सपिङ प्लाटफर्म, दराज नेपालले चाडपर्वको मौसम लक्षित गर्दैे बहुप्रतिक्षित दशैं धमाका क्याम्पेनको घोषणा गरेको छ ।

छुट तथा सुविधाका लागि निकै प्रतिक्षित यस अभियानअन्तर्गत उपभोक्ताले ७० प्रतिशतसम्मको अविश्वसनीय फ्ल्यास सेल छुट, निःशुल्क होम डेलिभरी र पूर्व भुक्तानीमा रु. २ हजार सम्मको नगद छुट प्राप्त गर्न सक्नेछन् । यो क्याम्पेन असोज ११, २०८१ देखि कार्तिक १, २०८१ सम्म चल्नेछ ।

साथै, क्याम्पेनमा सहभागी एक जना भाग्यशाली खरिदकर्ताले वानप्लस नर्ड सीईथ्री फाइभजी जित्नेछन् । त्यसैगरी, अन्य तीन जनाले सेटाफिलका तर्फबाट रु १० हजार बराबरको आकर्षक गिफ्ट ह्याम्पर जित्ने मौका पाउने कम्पनीले जानकारी दिएको छ । उत्पादनहरूको विस्तृत श्रृंखला तथा डिलहरू प्रदान गर्ने ब्रान्डहरूको विशाल चयनका साथ, दशैं धमाका शपिंगका लागि अभूतपूर्व आकर्षक गन्तव्य हो ।

क्याम्पेन अवधिभर उपभोक्ताहरुले आइविबी, एंकर, एक्वालोजिका, सेताफिल, सिलेन्स्टा, डोभ, सर्फ एक्सेल लगायत सह–प्रायोजकहरुका तर्फबाट उपलब्ध गरिएका अविश्वसनीय डिलहरूको मज्जा लिन सक्नेछन् । त्यस्तै अस्टावोल्फ, मामाअर्थ, नेपाल टी एक्स्चेन्ज, रोट्टो मेन्थालेटम, स्ल्याजेन्गर, टेक्नो, ह्वाइट मून, एक्स्–एज लगायत ब्रान्ड साझेदारहरूका तर्फबाट विशेष अफरहरु पनि उपलब्ध गराउने जानकारी दिइएको छ ।

क्याम्पेन अवधिभर डेबिट कार्ड मार्फत आफ्नो अर्डरको लागि अग्रिम भुक्तानी गर्ने ग्राहकहरूले रू। १ हजार ५ सय सम्म १५ प्रतिशत छुटको मजा लिन सक्नेछन् । साथै, क्रेडिट कार्ड प्रयोग गर्नेहरूले रु २ हजार सम्म २० प्रतिशतसम्मको छुटबाट लाभ उठाउन सक्नेछन् । यो अफर नबिल बैंक, हिमालयन बैंक, सानिमा बैंक, एनएमबि बैंक, माछापुच्छ्रे बैंक, नेपाल बैंक र ज्योति विकास बैंकका कार्डहरूमा मान्य हुनेछ ।

त्यसैगरी ईसेवा, आईएमई पे वालेट प्रयोगकर्ताहरूले आफ्नो अर्डरमा १५ प्रतिशत छुट सुविधा पाउनेछन् । खरिदकर्ताहरूलाई दराज भाउचरहरू प्रयोग गरी कुल रु. २ करोड सम्मको छुट पाउन सकिने सुविधाका साथै आफ्ना खरिदमा फ्ल्याट रु. १० हजार छुट प्राप्त गर्ने अवसर समेत उपलब्ध गरिनेछ ।

पछिल्ला संस्करणको लोकप्रियतालाई दृष्टिगत गर्दै, दशैं धमाकाले न्यूनतम रु.४ सय ९९ खर्च गर्दा छानिएका बिक्रेताहरूमार्फत चुनिएका उत्पादनहरूमा घरदैलोसम्म निःशुल्क होम डेलिभरीको सुविधापनि प्रदान गर्ने जानकारी दिइएको छ ।

प्रकाशित मिति : १० आश्विन २०८१, बिहिबार  ८ : २६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिआईबीका ठूला अनुसन्धानले बढायो कानुनी शासनप्रतिको भरोसा

काठमाडौं । पछिल्लो समय नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)

ढुवानी व्यवसायलाई डिजिटल, व्यवस्थित र पारदर्शी बनाउन ट्रक महासंघका अध्यक्ष बानियाँको जोड

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली