३ आश्विन २०८३, शनिबार । September 19, 2026

२१ खर्ब पुग्यो विदेशी मुद्राको सञ्चिति


१० आश्विन २०८१, बिहिबार  

12
Shares

काठमाडौं । देशभित्र विदेशी मुद्राको सञ्चिति करिब रु २१ खर्ब पुगेको छ ।

नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको विवरण अनुसार कुल विदेशी मुद्राको सञ्चिति रु २० खर्ब ९२ अर्ब २२ करोड पुगेको हो । यो विवरण गत साउन मसान्तसम्मको हो । गत असार मसान्तमा कुल विदेशी मुद्राको सञ्चिति रु २० खर्ब ४१ अर्ब १० करोड बराबर थियो । त्यसमा दुई दशमलव पाँच प्रतिशतले वृद्धि भई रु २० खर्ब ९२ अर्ब २२ करोड बराबर पुगेको हो ।

अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा १५ अर्ब २७ करोड रहेकामा गत साउन मसान्तसम्म आइपुग्दा दुई प्रतिशतले वृद्धि भई १५ अर्ब ५८ करोड बराबर पुगेको छ ।विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैङ्कमा रहेको सञ्चिति रु १८ खर्ब ८३ अर्ब ४२ करोड पुगेको छ ।

बैङ्क तथा वित्तीय संस्थामा रहेको विदेशी मुद्राको सञ्चिति रु दुई खर्ब आठ अर्ब ७९ करोड छ । चालु आवको पहिलो महिनाको आयातलाई आधार मान्दा बैङ्किङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १६ दशमलव सात महिनाको वस्तु आयात र १३ दशमलव पाँच महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको जनाइएको छ ।

प्रकाशित मिति : १० आश्विन २०८१, बिहिबार  ५ : २२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली