१२ बैशाख २०८३, शनिबार । April 25, 2026

जाइस् अप्टिक्स भएको भिभो भि–४० प्रिमियम स्मार्टफोन नेपालमा सार्वजनिक


७ आश्विन २०८१, सोमबार  

438
Shares

काठमाडौं । स्मार्टफोनको चर्चित ब्रान्ड भिभोले   भी ४० सार्वजनिक गरेको छ । 

भि ४० व्यावसायिक स्तरको पोर्ट्रेट सिस्टम सहितको नवीनतम प्रविधि भएको स्मार्ट फोन भएको कम्पनीले जनाएको छ । स्मार्टफोनबाट लिइने पोर्ट्रेट फोटोग्राफीको अनुभवलाई थप उचाइमा पुर्‍याउने गरी डिजाइन गरिएको कम्पनीको दाबी छ । भिभोले सार्वजनिक गरेको ५ हजार ५०० एमएएच ब्याट्री भएको अहिलेसम्मकै पातलो फोन बताइएको छ । भि४० मा उच्च ’थ्रीडी कर्भ’ स्क्रिनमा १२० हर्जको रिफ्रेस रेट रहेको छ ।

जसले फोनको आकर्षक दृश्य र टिकाउपन दुवैको सुनिश्चितता गर्छ । सिनेमेटिक भिडियोमा प्रयोगकर्ताहरूलाई कलात्मक फिल्म निर्माणको लागी २:३९:१ आस्पेक्ट रेसियोमा भिडियो खिच्न सकिन्छ । फोटोग्राफी तर्फ भने यसमा एफ् १.८८ अपर्चर सहितको १/१.५६ इन्चको सामसुङ आइसोसेल जिएनजे सेन्सर भएको ५० मेगापिक्सलको जाइस् ओआईएस् मेन क्यामेरा रहेको छ ।

जसले कम प्रकाशमा पनि स्पष्ट पोर्ट्रेटहरू खिच्न सक्दछ । शक्तिशाली अप्टिकल इमेज स्टेबिलाइजेसन (ओआईएस्) भएकाले धमिलोपन कम गर्दै स्पष्ट र उज्यालो फोटोहरू लिन सकिन्छ । निलो र सेतो मिसिएको चन्द्रमा रङ्गको सेतो र बैजनी रङ्गको नेबुला पर्पल गरी दुई आकर्षक रङ्गहरूमा मोबाइल उपलब्ध हुने छ । जसमा एजि फ्लोराइड शिमर र एन्टी–फिंगरप्रिन्ट कोटिङ सुविधा रहने छन् ।

क्वालकम स्न्यापड्र्यागन ७ जेन ३ द्वारा संचालित भिभो भि४० मा १२/१२ जिबी को र्‍याम रहेको छ । ६५ हजार ९९९ मूल्यमा बजारमा आएको यो फोनको लागी प्री–बुक गर्दा उपहार समेत पाइने कम्पनीले जनाएको छ । प्री–बुक गर्ने ग्राहकहरूलाई एक सेट इयरबड्स र पहिलो तीन महीना स्क्रिन रिप्लेस्मेन्ट ग्यारेन्टि पाउने छन् । 

प्री–बुकिङ २०२४ सेप्टेम्बर २० देखि सेप्टेम्बर २४ सम्म खुल्ला रहने छ । 

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार  ८ : ३५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

दशैं–तिहार लक्षित युरोनेपाल ट्राभलको सस्तो हवाई टिकट अफर सार्वजनिक, यात्रुलाई विशेष सुविधा

काठमाडाैँ । युरोपमा रोजगारी तथा बसोबास गर्दै आएका नेपालीहरूलाई लक्षित

सङ्गीतमार्फत विश्व शान्तिको सन्देश ! “म्यूजिक फर पीस” कार्यक्रम भव्य रुपमा सम्पन्न

काठमाडौं । विश्वभर शान्तिको सन्देश प्रवाह गर्ने उद्देश्यका साथ ‘जर्नलिस्ट

नेपाल–रुस सम्बन्धको ७० वर्ष: ऐतिहासिक मित्रतादेखि भविष्यको रणनीतिक सहकार्यतर्फ

काठमाडौं, काठमाडौंस्थित रसियन हाउसमा आयोजित उच्चस्तरीय छलफल कार्यक्रममार्फत नेपाल–रुस कूटनीतिक

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin