३ आश्विन २०८३, शनिबार । September 19, 2026

यो दशैंमा भाटभटेनीबाट सामान किन्दा यति धेरै फाइदा


७ आश्विन २०८१, सोमबार  

15
Shares

काठमाडौं । भाटभटेनी सुपरमार्केटले दशैं, तिहार तथा छठ पर्वको अवसर पारेर देशभरि रहेका सबै स्टोरबाट विभिन्न सामग्री खरिदमा छुट प्रदान गर्ने भएको छ।

असोज १७ गते देखि कात्तिक २२ गतेसम्म रहने यस योजनामा सबै प्रकारका विद्युतीय सामग्रीको खरिदमा २० देखि ४० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको भाटभटेनीले जनाएको छ। त्यसैगरी किचनका निर्धारित सामग्रीमा ३० देखि ५० प्रतिशतसम्म छुट र रेडिमेड गार्मेन्टमा पनि छुटको व्यवस्था गरिएको छ। सबै प्रकारका रेडिमेड तथा जुत्तामा पाँच प्रतिशत छुटको व्यवस्था गरिएको छ भने निर्धारित वस्तुमा ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ।

त्यसैगरी अन्तर्राष्ट्रिय ब्राण्डका रेडिमेड आइटम तथा जुत्तामा ग्राहकले ७० प्रतिशतसम्म छुट पाउने छन्। त्यसैगरी जिरा मसिनो स्टिम चामल अफर अवधिभर २२२० रुपैयाँमा खरिन गर्न सकिने छ। त्यसैगरी प्रिमियम सोना मनसुली २५ केजीको बोरा १६४० रुपैयाँमै प्राप्त गर्न सकिने छ भने २० केजीको लङग्रेन चामल ३२२५ रुपैयाँमा पाउन सकिनेछ।

त्यसैगरी मुसरोको दाल प्रतिकेजी १४८ रुपैयाँ, मासको दाल प्रतिकेजी २१३, रहरको दाल प्रतिकेजी २८८ रुपैयाँ, मुङ्गको दाल प्रतिकेजी १६७ रुपैयाँ, ब्राउन चना प्रतिकेजी १६८ रुपैयाँ, चिउरा प्रतिकेजी १०८ रुपैयाँमा उपलब्ध गराउन लागिएको भाटभटेनीले जनाएको छ।तोरीको तेल प्रतिलिटर २७९ रुपैयाँ, सनफ्लावर तेल प्रतिलिटर १९८ रुपैयाँ, सोयाबिन तेल प्रतिलिटर १९७ रुपैयाँमा पाइनेछ।

भाटभटेनीका अनुसार डीडीसीको घ्यू प्रतिकेजीमा रु ८१ घटाएर ९९९ बिक्री गरिनेछ। चिनी प्रतिकेजी १०२ रुपैयाँ र चिया प्रतिकेजी ४९८ रुपैयाँमा उपलब्ध हुनेछ। त्यसैगरी निर्धारित कार्पेटमा २० प्रतिशतसम्म र लगेजमा ३० प्रतिशतसम्म छुटको व्यवस्था गर्न लागिएको छ।

भाटभटेनीका चिफ अपरेटिङ अफिसर्स पानु पौडेलले दशैं, तिहार र छठजस्ता पर्वलाई ध्यानमा राखेर ग्राहकलाई यसरी छुट प्रदान गर्न लागिएको जानकारी दिएका छन्।

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार  ८ : ३० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली