९ कार्तिक २०८३, सोमबार । October 26, 2026

यो दशैंमा भाटभटेनीबाट सामान किन्दा यति धेरै फाइदा


७ आश्विन २०८१, सोमबार  

15
Shares

काठमाडौं । भाटभटेनी सुपरमार्केटले दशैं, तिहार तथा छठ पर्वको अवसर पारेर देशभरि रहेका सबै स्टोरबाट विभिन्न सामग्री खरिदमा छुट प्रदान गर्ने भएको छ।

असोज १७ गते देखि कात्तिक २२ गतेसम्म रहने यस योजनामा सबै प्रकारका विद्युतीय सामग्रीको खरिदमा २० देखि ४० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको भाटभटेनीले जनाएको छ। त्यसैगरी किचनका निर्धारित सामग्रीमा ३० देखि ५० प्रतिशतसम्म छुट र रेडिमेड गार्मेन्टमा पनि छुटको व्यवस्था गरिएको छ। सबै प्रकारका रेडिमेड तथा जुत्तामा पाँच प्रतिशत छुटको व्यवस्था गरिएको छ भने निर्धारित वस्तुमा ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ।

त्यसैगरी अन्तर्राष्ट्रिय ब्राण्डका रेडिमेड आइटम तथा जुत्तामा ग्राहकले ७० प्रतिशतसम्म छुट पाउने छन्। त्यसैगरी जिरा मसिनो स्टिम चामल अफर अवधिभर २२२० रुपैयाँमा खरिन गर्न सकिने छ। त्यसैगरी प्रिमियम सोना मनसुली २५ केजीको बोरा १६४० रुपैयाँमै प्राप्त गर्न सकिने छ भने २० केजीको लङग्रेन चामल ३२२५ रुपैयाँमा पाउन सकिनेछ।

त्यसैगरी मुसरोको दाल प्रतिकेजी १४८ रुपैयाँ, मासको दाल प्रतिकेजी २१३, रहरको दाल प्रतिकेजी २८८ रुपैयाँ, मुङ्गको दाल प्रतिकेजी १६७ रुपैयाँ, ब्राउन चना प्रतिकेजी १६८ रुपैयाँ, चिउरा प्रतिकेजी १०८ रुपैयाँमा उपलब्ध गराउन लागिएको भाटभटेनीले जनाएको छ।तोरीको तेल प्रतिलिटर २७९ रुपैयाँ, सनफ्लावर तेल प्रतिलिटर १९८ रुपैयाँ, सोयाबिन तेल प्रतिलिटर १९७ रुपैयाँमा पाइनेछ।

भाटभटेनीका अनुसार डीडीसीको घ्यू प्रतिकेजीमा रु ८१ घटाएर ९९९ बिक्री गरिनेछ। चिनी प्रतिकेजी १०२ रुपैयाँ र चिया प्रतिकेजी ४९८ रुपैयाँमा उपलब्ध हुनेछ। त्यसैगरी निर्धारित कार्पेटमा २० प्रतिशतसम्म र लगेजमा ३० प्रतिशतसम्म छुटको व्यवस्था गर्न लागिएको छ।

भाटभटेनीका चिफ अपरेटिङ अफिसर्स पानु पौडेलले दशैं, तिहार र छठजस्ता पर्वलाई ध्यानमा राखेर ग्राहकलाई यसरी छुट प्रदान गर्न लागिएको जानकारी दिएका छन्।

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार  ८ : ३० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

एनपीएल सिजन–३ आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै !

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को उद्घाटन खेलमा

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा