८ आश्विन २०८३, बिहिबार । September 24, 2026

नेपाल टेलिकमको संविधान दिवस ‘अफर’ मा के–के छन् फाइदा ?


२ आश्विन २०८१, बुधबार  

18
Shares

काठमाडौं । नेपाल टेलिकमले संविधान दिवस २०८१ को अवसरमा आफ्ना ग्राहकहरुका लागि संविधान दिवस अफर उपलब्ध गराएको छ ।

सो अफर आज (२०८१ असोज २) देखि प्रारम्भ भई आगामी असोज ४ सम्म लागु हुनेछ । यस अन्तर्गत रु.४९ मा १ दिन चलाउन सकिने १ एमबीपीएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्क भित्र कल गर्न सकिने १०० मिनेट अन नेट भ्वाइस सेवा उपलब्ध छ । यसैगरी डाटा प्याकेज अन्तर्गत रु. १ सय ११ मा ५ दिनसम्म चलाउन सकिने ६ जीबी डाटा, रु. १ सय ९९ मा ७ दिनसम्म चलाउन सकिने १३ जीबी डाटा, रु.२ सय ९९ मा १२ दिनसम्म चलाउन सकिने २० जीबी डाटा र रु. ३ सय ९९ मा १५ दिनसम्म चलाउन सकिने ३० जीबी डाटा प्याकेज उपलब्ध हुनेछ ।

यही अफर अन्तर्गत रु. ७ सय ८९ मा फेस्टिभ कम्बो प्याक पनि लिन सकिनेछ । प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनसम्म चलाउन सकिने समयावधि तोकिएको सो प्याकेज अन्तर्गत ३० जीबी डाटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट अल नेट भ्वाइस सुविधा र २०० अल नेट एसएमएस सुविधा उपलब्ध हुन्छ । पोस्टपेड मोबाइल प्रयोगकर्ताले यो प्याकेज लिएमा मासिक रुपमा बुझाउनु पर्ने रेन्टल चार्जबाटै यो शुल्क काटिने सुविधा उपलब्ध छ ।

आगामी असोज ४ गतेसम्म आफ्नो मोबाइलबाट *1415*6#  डायल गरेर वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरेर यी प्याकेजहरु खरिद गर्न सकिनेछ ।

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार  १० : २३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको