७ माघ २०८१, सोमबार । January 20, 2025

नेपाल टेलिकमको संविधान दिवस ‘अफर’ मा के–के छन् फाइदा ?



काठमाडौं । नेपाल टेलिकमले संविधान दिवस २०८१ को अवसरमा आफ्ना ग्राहकहरुका लागि संविधान दिवस अफर उपलब्ध गराएको छ ।

सो अफर आज (२०८१ असोज २) देखि प्रारम्भ भई आगामी असोज ४ सम्म लागु हुनेछ । यस अन्तर्गत रु.४९ मा १ दिन चलाउन सकिने १ एमबीपीएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्क भित्र कल गर्न सकिने १०० मिनेट अन नेट भ्वाइस सेवा उपलब्ध छ । यसैगरी डाटा प्याकेज अन्तर्गत रु. १ सय ११ मा ५ दिनसम्म चलाउन सकिने ६ जीबी डाटा, रु. १ सय ९९ मा ७ दिनसम्म चलाउन सकिने १३ जीबी डाटा, रु.२ सय ९९ मा १२ दिनसम्म चलाउन सकिने २० जीबी डाटा र रु. ३ सय ९९ मा १५ दिनसम्म चलाउन सकिने ३० जीबी डाटा प्याकेज उपलब्ध हुनेछ ।

यही अफर अन्तर्गत रु. ७ सय ८९ मा फेस्टिभ कम्बो प्याक पनि लिन सकिनेछ । प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनसम्म चलाउन सकिने समयावधि तोकिएको सो प्याकेज अन्तर्गत ३० जीबी डाटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट अल नेट भ्वाइस सुविधा र २०० अल नेट एसएमएस सुविधा उपलब्ध हुन्छ । पोस्टपेड मोबाइल प्रयोगकर्ताले यो प्याकेज लिएमा मासिक रुपमा बुझाउनु पर्ने रेन्टल चार्जबाटै यो शुल्क काटिने सुविधा उपलब्ध छ ।

आगामी असोज ४ गतेसम्म आफ्नो मोबाइलबाट *1415*6#  डायल गरेर वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरेर यी प्याकेजहरु खरिद गर्न सकिनेछ ।

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार  १० : २३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पद तथा गोपनियताको शपथ लिँदै ट्रम्प, यस्तो छ तयारी

एजेन्सी । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आज पद तथा

कार्यकारी आदेशबाट टीकटक खोल्ने ट्रम्पको संकेतपछि अमेरिकामा चल्न थाल्यो

एजेन्सी । आजबाट अमेरिकी राष्ट्रपतिको कार्यभार सम्हाल्ने डोनाल्ड ट्रम्पले टीकटकमाथि

यू-१९ महिला विश्वकपः नेपालले आज स्कटल्यान्डको सामना गर्दै

काठमाडौं । मलेसियामा जारी आईसीसी यू-१९ महिला टी-२० विश्वकम क्रिकेट

आजको विनिमयदरः अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः कर्णाली र सुदूरपश्चिममा बर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको