१२ बैशाख २०८३, शनिबार । April 26, 2026

विश्वकप लिग २ः नेपाल आज ओमानविरुद्ध खेल्दै


२ आश्विन २०८१, बुधबार  

753
Shares

काठमाडौं । विश्वकप लिग २ अन्तर्गत क्यानडासँग भएको पहिलो खेलमा १ सय ३ रनले पराजित भएको नेपालले आज (बुधबार) ओमानसँग खेल्दै छ ।

क्यानडाको किंग्स मैदानमा नेपालले आफूभन्दा एक स्थानमाथि रहेको ओमानविरुद्ध गतिलो प्रदर्शन गर्ने योजना बनाएको छ । लिगमा नेपालले पाँच खेलमा चार हारको सामना गरेको छ । ओमानले चार खेलमा एक जित निकाली तीन अंक जोडेको छ । तथ्यांकअनुसार नेपाल र ओमानबीच अहिलेसम्म सात एकदिवसीय खेल भएका छन् । जसमा ओमानले चार र नेपालले तीन जित निकालेका छन् । नेपालले अन्तिमपटक ओमानविरुद्ध २१ अप्रिल २०२३ मा प्रतिस्पर्धा गरेको थियो ।

सो खेलमा नेपालले ओमानलाई ८४ रनले हराएको थियो । त्रिवि क्रिकेटमा भएको खेलमा नेपालका लागि कुशल मल्लले एक सय आठ रनको शतकीय इनिङ्स खेलेका थिए । उनले केवल ६४ बलमा १० छक्का र नौ चौका प्रहार गरे । ओमानविरुद्ध सोमपाल कामीले ४८ बलमा ६३ रन बनाए । नेपालले ओमानविरुद्ध पहिलोपटक तीन सय रनको योगफल कटाएको थियो । विश्वकप लिग २ मा ब्याटिङ र बलिङमा कमजोर प्रदर्शन गरिरहेको नेपालले बुधबार ओमानविरुद्ध सुधारिएको प्रदर्शन गर्नुपर्नेछ ।

नेपालका शीर्ष तथा मध्यक्रमका ब्याट्सम्यान चल्न सकेका छैनन् । बलिङमा पनि मुख्य बलरले चाहिएको समयमा विकेट निकाल्न नसक्नु प्रमुख कमजोरी बनेको छ । क्यानडासँगको खेलमा नेपाल यी दुई पक्षमा चुकेको थियो । अझ डेथ ओभरमा नेपाली बलर निकै कमजोर देखिए । ओमानले प्रतियोगिताका लागि राम्रो तयारी गरेको छ । ओमानले चालू सिरिजका लागि ब्याटिङमा मिहिनेत गरेको छ । ओमानले क्यानडाको पिचअनुसार स्पिन पक्षमा विशेष ध्यान दिएको छ ।

ओमानको शीर्ष तथा मध्यक्रम ब्याटिङ बलिङ मानिन्छ । नेपालका सिमरहरूले उनीहरूका भरपर्दा ब्याट्सम्यानलाई क्रिजबाट हटाउने प्रयास गर्नेुपर्ने देखिन्छ ।

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार  ६ : २१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

दशैं–तिहार लक्षित युरोनेपाल ट्राभलको सस्तो हवाई टिकट अफर सार्वजनिक, यात्रुलाई विशेष सुविधा

काठमाडाैँ । युरोपमा रोजगारी तथा बसोबास गर्दै आएका नेपालीहरूलाई लक्षित

सङ्गीतमार्फत विश्व शान्तिको सन्देश ! “म्यूजिक फर पीस” कार्यक्रम भव्य रुपमा सम्पन्न

काठमाडौं । विश्वभर शान्तिको सन्देश प्रवाह गर्ने उद्देश्यका साथ ‘जर्नलिस्ट

नेपाल–रुस सम्बन्धको ७० वर्ष: ऐतिहासिक मित्रतादेखि भविष्यको रणनीतिक सहकार्यतर्फ

काठमाडौं, काठमाडौंस्थित रसियन हाउसमा आयोजित उच्चस्तरीय छलफल कार्यक्रममार्फत नेपाल–रुस कूटनीतिक

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin