३ आश्विन २०८३, शनिबार । September 20, 2026

विश्वकप क्रिकेट लिग २ः क्यानडासँग नेपालको फराकिलो हार


१ आश्विन २०८१, मंगलबार  

2.4k
Shares

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गतको पहिलो खेलमा नेपाल क्यानडासँग फराकिलो अन्तरले पराजित भएको छ ।

नेपालको ब्याटिङ फेरि एकपल्ट असफल रह्यो र क्यानडाको किंग्स सिटीस्थित माप्ले लिफ क्रिकेट मैदानमा भएको खेलमा १ सय ३ रनले पराजित रह्यो । वान डे क्रिकेटमा नेपाल क्यानडाको हातबाट पराजित भएको यो पहिलो पटक हो । लिग–टुमा नेपालको यो पाँच खेलमा चौथो हार हो र टिमले दुई अंक मात्रै बटुल्न सकेको छ ।

यो नेपालको लगातार तेस्रो हार पनि हो । क्यानाडाले भने प्रतियोगितमा लगातार चार हारको क्रमलाई रोक्दै नौ खेलमा पाँचौँ जित निकालेको छ । अब उसको दस अंक भएको छ र लिग तालिकाको दोस्रो स्थानमा उक्लेको छ । टस जितेर नेपालले क्यानडालाई पहिले ब्याटिङको निम्तो दिएको थियो र क्रममा आठ विकेटमा २ सय ५३ रन बनाएको थियो । जवाफमा नेपालले ४० दशमलव १ ओभरमा सबै विकेट गुमाएर १ सय ५० रन मात्रै बनाउन सक्यो ।

नेपालका लागि कुनै पनि ब्याटरले गतिलो योगदान दिन सकेनन् । दसौं क्रममा ब्याटर करण केसीले २४ बलमा बनाएको २७ रन नै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो । नियमित अन्तरमा विकेट गुमाएको नेपालका लागि सन्दीप लामिछानेले २२ र ओपनर आसिफ सेखले २० रन बनाए । क्यानडेली बलरमध्ये डिलन हेलिगर घातक सावित भए र उनले ३१ रन खर्चेर पाँच विकेट लिए । उनले नेपालका दुवै ओपनरलाई आफ्नो शिकार बनाए ।

यस्तै अखिल कुमार र अनस पटेलले दुई/दुई विकेट लिए । यसअघि क्यानडाका लागि कप्तान निकोलस क्रिर्टनले सर्वाधिक ७७ रन बनाए र नटआउट रहे । उनले ४४ बलमा तीन चौका र छ छक्का प्रहार गरे । यस्तै ओपनर नवनीत धालिवालले ४८ रनको योगदान दिए । हेलिगर ब्याटबाट पनि चम्के र उनले ३० रन बनाए ।

उनी नै ‘प्लेयर अफ द म्याच’ भए । नेपाली बलरमध्ये सोमपाल कामी र ललित राजवंशीले दुई/दुई विकेट लिए ।

प्रकाशित मिति : १ आश्विन २०८१, मंगलबार  ५ : ३० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली