२२ आश्विन २०८१, मंगलबार । October 9, 2024

विश्वकप क्रिकेट लिग २ः क्यानडासँग नेपालको फराकिलो हार



काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गतको पहिलो खेलमा नेपाल क्यानडासँग फराकिलो अन्तरले पराजित भएको छ ।

नेपालको ब्याटिङ फेरि एकपल्ट असफल रह्यो र क्यानडाको किंग्स सिटीस्थित माप्ले लिफ क्रिकेट मैदानमा भएको खेलमा १ सय ३ रनले पराजित रह्यो । वान डे क्रिकेटमा नेपाल क्यानडाको हातबाट पराजित भएको यो पहिलो पटक हो । लिग–टुमा नेपालको यो पाँच खेलमा चौथो हार हो र टिमले दुई अंक मात्रै बटुल्न सकेको छ ।

यो नेपालको लगातार तेस्रो हार पनि हो । क्यानाडाले भने प्रतियोगितमा लगातार चार हारको क्रमलाई रोक्दै नौ खेलमा पाँचौँ जित निकालेको छ । अब उसको दस अंक भएको छ र लिग तालिकाको दोस्रो स्थानमा उक्लेको छ । टस जितेर नेपालले क्यानडालाई पहिले ब्याटिङको निम्तो दिएको थियो र क्रममा आठ विकेटमा २ सय ५३ रन बनाएको थियो । जवाफमा नेपालले ४० दशमलव १ ओभरमा सबै विकेट गुमाएर १ सय ५० रन मात्रै बनाउन सक्यो ।

नेपालका लागि कुनै पनि ब्याटरले गतिलो योगदान दिन सकेनन् । दसौं क्रममा ब्याटर करण केसीले २४ बलमा बनाएको २७ रन नै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो । नियमित अन्तरमा विकेट गुमाएको नेपालका लागि सन्दीप लामिछानेले २२ र ओपनर आसिफ सेखले २० रन बनाए । क्यानडेली बलरमध्ये डिलन हेलिगर घातक सावित भए र उनले ३१ रन खर्चेर पाँच विकेट लिए । उनले नेपालका दुवै ओपनरलाई आफ्नो शिकार बनाए ।

यस्तै अखिल कुमार र अनस पटेलले दुई/दुई विकेट लिए । यसअघि क्यानडाका लागि कप्तान निकोलस क्रिर्टनले सर्वाधिक ७७ रन बनाए र नटआउट रहे । उनले ४४ बलमा तीन चौका र छ छक्का प्रहार गरे । यस्तै ओपनर नवनीत धालिवालले ४८ रनको योगदान दिए । हेलिगर ब्याटबाट पनि चम्के र उनले ३० रन बनाए ।

उनी नै ‘प्लेयर अफ द म्याच’ भए । नेपाली बलरमध्ये सोमपाल कामी र ललित राजवंशीले दुई/दुई विकेट लिए ।

प्रकाशित मिति : १ आश्विन २०८१, मंगलबार  ५ : ३० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा मेलम्चीको पानी वितरण सुरु

काठमाडौं । आजबाट फेरी काठमाडौंमा मेलम्ची खानेपानी आयोजनको पानी वितरण

बडादशैंः हालसम्म ५ लाख ६५ हजारले छाडे काठमाडौं

काठमाडौं । नेपालीहरुको महान चाड बडादशैं मनाउन कर्मथलो काठमाडौं छाडेर

२७ दशमलव ३९ अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो

काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजार परिसूचक

ओरालो लाग्दै सुनको भाउ, आज तोलामा ४ सयले घट्यो

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको भाउ तोलामा ४ सय

आजदेखि काठमाडौंमा पुनः मेलम्चिको पानि आउने

काठमाडौं । सरकारले मंगलबार (आज बेलुका) बाट पुनः काठमाडौंमा पानि