३ आश्विन २०८३, शनिबार । September 19, 2026

सिटी एक्सप्रेसको ‘१८औं वर्षमा १८ गुणा, परिवारमा खुशी लाखौं गुणा’ उपहार योजना सार्वजनिक


३१ भदौ २०८१, सोमबार  

15
Shares

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले दशैं, तिहार र छठलाई लक्षित गर्दै १८औं वर्षमा १८ गुणा, परिवारमा खुशी लाखौं गुणा उपहार योजना सार्वजनिक गरेको छ ।

१८ वर्ष प्रवेश गरेको उपलक्ष्यमा आफ्ना ग्राहकहरूसँग पर्वको खुशी साट्न लगातार ९० दिनसम्म चल्ने उपहार योजना ल्याइएको कम्पनीले जनाएको छ । सिटी एक्सप्रेसको यो उपहार योजनाअन्तर्गत लक्की ड्र मार्फत हरेक महिना २ जनाले सामसङको स्मार्ट फोन प्राप्त गर्नेछन् ।

यस्तै, हरेक हप्ता २ जनालाई सामसङको स्मार्ट टीभी साथै ९० दिन लगातार हरेक दिन १८ जना विजेताहरूलाई जनही पाँच सय रुपैयाँको वालेट टप् अप् र अन्त्यमा एक जना भाग्यशाली बम्पर विजेताले आफूले पठाएको रकमको १८ गुणा बढी रकम पाउने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यो योजना असोज १ देखि मङ्सिर ३० गतेसम्म लागू हुनेछ ।

यो अवधिभर सिटी एक्सप्रेसमार्फत विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् । उपहारको विजेता छनोट गर्दा विद्युतीय प्रणालीद्वारा गरिनेछ । साथै यस योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि कर्मचारीलाई लागू नहुने कम्पनीले जनाएको छ ।

सिटी एक्सप्रेसले रेमिट्यान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १८ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । हालै सिटी एक्सप्रेसले सिटी पे वालेटमार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ ।

साथै सिटी पे बाट रेमिटेन्स भुक्तानी पनि गर्न सकिने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : ३१ भदौ २०८१, सोमबार  ३ : १९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली