१ माघ २०८२, बुधबार । January 14, 2026

सिटी एक्सप्रेसको ‘१८औं वर्षमा १८ गुणा, परिवारमा खुशी लाखौं गुणा’ उपहार योजना सार्वजनिक



काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले दशैं, तिहार र छठलाई लक्षित गर्दै १८औं वर्षमा १८ गुणा, परिवारमा खुशी लाखौं गुणा उपहार योजना सार्वजनिक गरेको छ ।

१८ वर्ष प्रवेश गरेको उपलक्ष्यमा आफ्ना ग्राहकहरूसँग पर्वको खुशी साट्न लगातार ९० दिनसम्म चल्ने उपहार योजना ल्याइएको कम्पनीले जनाएको छ । सिटी एक्सप्रेसको यो उपहार योजनाअन्तर्गत लक्की ड्र मार्फत हरेक महिना २ जनाले सामसङको स्मार्ट फोन प्राप्त गर्नेछन् ।

यस्तै, हरेक हप्ता २ जनालाई सामसङको स्मार्ट टीभी साथै ९० दिन लगातार हरेक दिन १८ जना विजेताहरूलाई जनही पाँच सय रुपैयाँको वालेट टप् अप् र अन्त्यमा एक जना भाग्यशाली बम्पर विजेताले आफूले पठाएको रकमको १८ गुणा बढी रकम पाउने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यो योजना असोज १ देखि मङ्सिर ३० गतेसम्म लागू हुनेछ ।

यो अवधिभर सिटी एक्सप्रेसमार्फत विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् । उपहारको विजेता छनोट गर्दा विद्युतीय प्रणालीद्वारा गरिनेछ । साथै यस योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि कर्मचारीलाई लागू नहुने कम्पनीले जनाएको छ ।

सिटी एक्सप्रेसले रेमिट्यान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १८ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । हालै सिटी एक्सप्रेसले सिटी पे वालेटमार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ ।

साथै सिटी पे बाट रेमिटेन्स भुक्तानी पनि गर्न सकिने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार  ३ : १९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले