१८ जेष्ठ २०८३, सोमबार । June 1, 2026

पशुपति कोटिहोम महायज्ञको हिसाबकिताब सार्वजनिक, ७२ लाख भन्दा बढी घाटा भएको दाबी


२७ भदौ २०८१, बिहिबार  

150
Shares

काठमाडौं । ‘ऐतिहासिक श्री पशुपति कोटिहोम एवम् १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ’ को हिसाबकिताब सार्वजनिक गरिएको छ ।

बिहीबार पत्रकार सम्मेलन गर्दै कोटिहोम महायज्ञका आयोजक विजय कृष्णमूर्तिले कोटिहोममा कुल २० करोड १५ लाख ८२ हजार ४९० रुपैयाँ १५ पैसा बराबर नगद र द्रव्य दान संकलन भएको जानकारी दिए । कोटिहोम महायज्ञ आयोजनाका लागि २० करोड ८८ लाख ३२ हजार ७९४ रुपैयाँ ३८ पैसा खर्च भएको उनले बताए ।

उनले खर्च पनि त्यहिअनुसार भएको हुँदा घाटा भएको दाबी गरे । उनका अनुसार ७२ लाख ५० हजार ३०४ रुपैयाँ घाटा भएको छ । महायज्ञमा दिन्छु भनेर बचन दिएअनुसार डेढ करोडदेखि २ करोड रुपैयाँ उठ्न बाँकी रहेको समेत उनले बताए ।

शुरुदेखि विवादका बीच साउन महिनाभरी चलेको यज्ञमा स्वदेश तथा विदेशबाट लाखौँ भक्तजन दर्शनका लागि आएका थिए ।

प्रकाशित मिति : २७ भदौ २०८१, बिहिबार  ४ : ४२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिआईबीका ठूला अनुसन्धानले बढायो कानुनी शासनप्रतिको भरोसा

काठमाडौं । पछिल्लो समय नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)

ढुवानी व्यवसायलाई डिजिटल, व्यवस्थित र पारदर्शी बनाउन ट्रक महासंघका अध्यक्ष बानियाँको जोड

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली