७ जेष्ठ २०८२, मंगलबार । May 20, 2025

पशुपति कोटिहोम महायज्ञको हिसाबकिताब सार्वजनिक, ७२ लाख भन्दा बढी घाटा भएको दाबी



काठमाडौं । ‘ऐतिहासिक श्री पशुपति कोटिहोम एवम् १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ’ को हिसाबकिताब सार्वजनिक गरिएको छ ।

बिहीबार पत्रकार सम्मेलन गर्दै कोटिहोम महायज्ञका आयोजक विजय कृष्णमूर्तिले कोटिहोममा कुल २० करोड १५ लाख ८२ हजार ४९० रुपैयाँ १५ पैसा बराबर नगद र द्रव्य दान संकलन भएको जानकारी दिए । कोटिहोम महायज्ञ आयोजनाका लागि २० करोड ८८ लाख ३२ हजार ७९४ रुपैयाँ ३८ पैसा खर्च भएको उनले बताए ।

उनले खर्च पनि त्यहिअनुसार भएको हुँदा घाटा भएको दाबी गरे । उनका अनुसार ७२ लाख ५० हजार ३०४ रुपैयाँ घाटा भएको छ । महायज्ञमा दिन्छु भनेर बचन दिएअनुसार डेढ करोडदेखि २ करोड रुपैयाँ उठ्न बाँकी रहेको समेत उनले बताए ।

शुरुदेखि विवादका बीच साउन महिनाभरी चलेको यज्ञमा स्वदेश तथा विदेशबाट लाखौँ भक्तजन दर्शनका लागि आएका थिए ।

प्रकाशित मिति : २७ भाद्र २०८१, बिहिबार  ४ : ४२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेप्सेमा उत्साहजनक वृद्धि, कारोबार रकम भने घट्यो

काठमाडौं । शेयर बजार आज उल्लेखनीय रूपमा उकालो लागेको छ।

भीमफेदीको छैसठ्ठी मोडमा विङ्गर दुर्घटना : १४ जना घाइते, ३ को अवस्था गम्भीर

मकवानपुर । मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका–९ स्थित त्रिभुवन राजपथको छैसठ्ठी

पोखरामा भूकम्पको धक्का, केन्द्रबिन्दु कास्कीको सिनुवा

कास्की । मंगलबार दिउँसो पोखरा र आसपासका क्षेत्रमा भूकम्पको हल्का

महिला टी-२० एसिया छनोटः अन्तिम खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटको सुपर-३ अन्तर्गत

सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य अघिल्लो दिनकै दरमा