१८ पुस २०८१, बिहिबार । January 3, 2025

नेपाली आकाशबाट बिदा भयो बुद्ध एयरको एटिआर जहाज



काठमाडौं । नेपाली आकाशमा १६ वर्ष उडान गरको बुद्ध एयरको एटिआर ४२ (नाइन एन एआइएन)जहाजले मंगलबारबाट उडान बन्द गरेको छ।

सन् २००८ सेप्टेम्बर १७ मा माउन्टेन फ्लाइटबाट व्यवसायिक उडान सुरु गरेको उक्त जहाजले मंगलबार बिहान अन्तिम माउन्टेन फ्लाइट गरेरे बुद्ध एयरले बिदाइ गरेको हो। ७० हजार साइकल पूरा गरेपछि व्यवसायिक उडान गर्न नपाइने एटिआरको नियमअनुसार यो जहाजलाई आजबाट उडाउन बन्द गरिएको हो।

नेपालमा मात्र यो जहाजले ४० हजार साइकल उडान गरेर १८ लाख यात्रुलाई सेवा दिएको छ। ४७ सिट क्षमताको यो जहाज सन् १९९७ डिसेम्बर २८ बाट उड्न थालेको थियो। उक्त जहाजलाई बुद्ध एयरका कर्मचारीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वाटर स्यालुटसहित बिदाइ गरेका हुन्। जहाज उडाउन बन्द गरेर ह्यांगरमा राखिएको छ।

बुद्ध एयरका अनुसार यो एटिआर कम्पनीले उत्पादन गरेको जहाजमध्ये ७० हजार साइकल पूरा गरी बिदा हुने पहिलो जहाज बनेको छ।

प्रकाशित मिति : २५ भाद्र २०८१, मंगलबार  १ : २४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सामान्य अंकले बढ्यो नेप्से, नेप्सेसँगै बढ्यो कारोबार रकम

काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजार परिसूचक

महागढीमाई नगरपालिका प्रमुख यादवको लोकप्रियता र कार्यशैलीको चर्चा

बारा । नेपालको मधेस प्रदेश बारा जिल्ला स्थित महागढीमाई नगरपालिका,

यती एअरलाइन्सको ‘२५ हजारमा नेपाल भ्रमण’ योजना सार्वजनिक

काठमाडौं । यती एअरलाइन्सले नयाँ बर्ष सन् २०२५ को अवसर

चर्चित बालगायक सचिन परियारको निधन,के भएको थियो उनलाई ?

काठमाडौं । चर्चित बालगायक सचिन परियारको निधन भएको छ ।

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प, काठमाडौंमा समेत धक्का महसुस

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको माझीटार केन्द्रबिन्दु भएर बिहीबार दिउँसो ४ दशमलव