७ चैत्र २०८२, शनिबार । March 21, 2026

एप्पलले सार्वजनिक गर्यो हालसम्मकै पातलो स्मार्टवाच, के–के छन् फिचर ?


२५ भाद्र २०८१, मंगलबार  

1.1k
Shares

एजेन्सी । आइफोन निर्माता कम्पनि एप्पलले अहिलेसम्मको सबैभन्दा पातलो स्मार्टवाच सिरिज १० सार्वजनिक गरेको छ ।

मंगलबार राति क्यालिफोर्नियाको मुख्यालयमा भएको एप्पल इभेन्ट २०२४ मा सिरिज १० सार्वजनिक भएको हो । यो स्मार्टवाच ९.८ एमएम पातलो हुने छ, जुन सिरिज नाइनको तुलनामा १० प्रतिशत पातलो हो । यसमा वाइड एङ्गल ओलेड डिस्प्ले हुने छ । जसले ढल्किएर घडिलाई हेर्दा पनि भिजुअल स्पष्ट देखिने बताइएको छ । यसअघिका एप्पल स्मार्टवाचहरूभन्दा यसको स्क्रिन चम्किलो पनि हुने भएको छ । यो सिरिजका स्मार्टवाच सिरिज नाइनको तुलनामा २० गुणा हलुका हुने छ ।

यस स्मार्टवाच सिरिजमा एप्पलले स्पिकर समेत अपडेट गरेको छ । यससँगै अब घडी आफैंमा मिडिया प्ले गर्न सकिने भएको छ । यसअघि भने अडिओ सुन्न ब्लुटुथ हेडफोन अनिवार्य थियो । त्यस्तै एप्पलले यस सिरिजबाट एआई फिचर पनि दिने भएको छ । यसका लागि यस सिरिजमा नयाँ चिप राखिएको छ । यस एआईले कलको बेला आवाजमा सुधार गर्ने, विजेट्स आफैं थप्ने र अनुवादमा पनि सहयोग गर्ने बताइएको छ ।

त्यस्तै स्वास्थ्य सम्बन्धीका सटिक सूचना दिन पनि यस सिरिजका घडीलाई सुधार गरिएको छ । जसले स्लीप एपनिया जस्ता समस्यालाई निगरानी गर्ने बताइएको छ । यसो हुँदा शरीरको विभिन्न अवस्था र निन्द्रालाई निगरानी गरी स्लिप अप्निया भएको छ वा छैन भन्ने सजिलै पहिचान हुने बताइएको छ । यस फिचर भने एप्पल वाच सिरिज नाइन र अल्ट्रा टूमा पनि उपलब्ध हुने भएको छ । यसले एक पटकको चार्जमा १८ घण्टाको ब्याकअप दिने छ ।

घडीले पानीको तापक्रम र गहिराइ मापन गर्न सक्ने एप्पलको दाबी छ । साथै पानीभित्रको संसार अन्वेषण गर्न यसले महत्त्वपूर्ण भूमिका खेल्ने एप्पलको भनाइ छ । यसको स्ट्राइप भने नाइकीको ब्राण्डको उपलब्ध हुने बताइएको छ । यस सिरिजमा एप्पल एस १० प्रोसेसर, फोर कोर न्युरल इन्जिन, क्रयाश र फल डिटेक्सन हुने भएको छ ।

विश्वका १५० बढी देशमा उपलब्ध हुने सिरिज १० मा जीपीएस फिचर भएकोलाई ३९९ डलर र जीपीएस तथा सेलुलर फिचर भएकोलाई ४९९ डलर पर्ने छ ।

प्रकाशित मिति : २५ भाद्र २०८१, मंगलबार  ८ : २५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो