१३ बैशाख २०८३, आइतबार । April 26, 2026

होटल, रेस्टुरेन्ट र बारमा अनलाइन भुक्तानी गरे १० प्रतिशत भ्याट फिर्ता


२४ भाद्र २०८१, सोमबार  

9
Shares

काठमाडौं । उपभोक्ताले विद्युतीय कारोबारको क्रममा उपभोक्ताले तिरेको १० प्रतिशत भ्याट रकम फिर्ता हुने भएको छ ।

आन्तरिक राजस्व विभागले निर्धारण गरेको वस्तु वा सेवा खरिद गर्दा गरेको भुक्तानीमा लागेको भ्याट फिर्ता हुने सूचनामार्फत् जनाइएको छ । मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा २५ को उपदफा (१) को खण्ड (ख) मा कुनै उपभोक्ताले विभागले सूचना प्रकाशन गरी निर्धारण गरेको वस्तु तथा सेवा खरिद गर्दा त्यस्तो खरिदको मूल्य प्रचलित कानून बमोजिम विद्युतीय माध्यमबाट भुक्तानी गरेमा निजलाई नगद प्रोत्साहन स्वरूप भुक्तानी गरेको करको दश प्रतिशत रकम विभागले तोकेको प्रक्रिया बमोजिम निजको बैंक खातामा फिर्ता गरिनेछ भन्ने उल्लेख गरिएको छ ।

सोही अनुरूप विभागको भदौ २१ को निर्णयानुसार डिजिटल भुक्तानी गरेमा निजलाई नगद प्रोत्साहन स्वरूप भुक्तानी गरेको करको १० प्रतिशत रकम फिर्ता दिने निर्णय भएको हो । उपभोक्ताले तिरेको मूल्य अभिवृद्धि करको दश प्रतिशत फिर्ता हुने सेवामा मदिरा पिउने केन्द्र (बार) बाट प्रदान गरिने सेवा, चमेना गृहबाट प्रदान हुने सेवा, सबै प्रकारका होटल, मोटल, लज, गेष्टहाउस व्यवसायबाट प्रदान गरिने सेवा रहेका छन् ।

यिनीहरूको भुक्तानी विद्युतीय माध्यमबाट भएमा १० प्रतिशत मूल्य अभिवृद्धि कर फिर्ता हुने विभागले जनाएको छ । तर, यसका लागि विभागले ५ वटा शर्त निर्धारण गरेको छ ।

प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार  ३ : १० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

दशैं–तिहार लक्षित युरोनेपाल ट्राभलको सस्तो हवाई टिकट अफर सार्वजनिक, यात्रुलाई विशेष सुविधा

काठमाडाैँ । युरोपमा रोजगारी तथा बसोबास गर्दै आएका नेपालीहरूलाई लक्षित

सङ्गीतमार्फत विश्व शान्तिको सन्देश ! “म्यूजिक फर पीस” कार्यक्रम भव्य रुपमा सम्पन्न

काठमाडौं । विश्वभर शान्तिको सन्देश प्रवाह गर्ने उद्देश्यका साथ ‘जर्नलिस्ट

नेपाल–रुस सम्बन्धको ७० वर्ष: ऐतिहासिक मित्रतादेखि भविष्यको रणनीतिक सहकार्यतर्फ

काठमाडौं, काठमाडौंस्थित रसियन हाउसमा आयोजित उच्चस्तरीय छलफल कार्यक्रममार्फत नेपाल–रुस कूटनीतिक

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin