३ आश्विन २०८३, शनिबार । September 19, 2026

दाङको टरिगाउँ विमानस्थलमा अबदेखि शुक्रबार मात्रै उडान हुने


२४ भदौ २०८१, सोमबार  

285
Shares

दाङ । तुलसीपुरस्थित टरिगाउँ विमानस्थलमा नेपाल वायुसेवा निगमले प्रत्येक शुक्रबार मात्र उडान भर्ने भएको छ।

निगमको एउटा जहाज ‘ग्राउण्डेड’ भएकाले शुक्रबार मात्र उडान भर्ने तय भएको हो । प्रत्येक शुक्रबार दिउँसो १२ः०० बजे टरिगाउँ जाने र १२ः२० मा फर्किने तालिका रहेको छ । हाल दाङबाट काठमाडौं जाँदा सात हजार १०० र काठमाडौंबाट दाङ आउँदा सात हजार २५० रुपैयाँ भाडा लाग्छ।

यसअघिको शुक्रबार दाङबाट काठमाडौँ जाँदा एकजना मात्र यात्रु थिए। टरिगाउँ विमानस्थलमा पछिल्लो समय जहाज सेवा अनियमित भएको थियो। केही महिना जहाज नै आएन, तर अब त्यसो नहुने विमानस्थल प्रशासनले जनाएको छ । यहाँको विमानस्थल २०११ सालमा स्थापना भएको हो।

७५० मिटर लम्बाइ रहेको धावनमार्ग हुँदा अहिले १९ सिटे जहाज मात्र बस्ने गरेका छन्। यसलाई बढाएर एक हजार ५०० मिटर बनाउन सके ७२ सिट जहाज बस्ने र सेवा नियमित हुने बताइन्छ।

प्रकाशित मिति : २४ भदौ २०८१, सोमबार  ९ : ०३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ