३० फाल्गुन २०८१, शुक्रबार । March 14, 2025

आजदेखि आन्तरिक उडानको भाडा घट्यो, कुन रुटमा कति ?



काठमाडौं । वायु सेवा कम्पनीहरूले आन्तरिकतर्फ हवाई जहाजको भाडा घटाएका छन्।

नेपाल आयल निगमले आन्तरिक उडानतर्फ हवाई इन्धनको मूल्य प्रतिलिटर पाँच रूपैयाँले घटाएपछि जहाज कम्पनीले भाडा घटाएका हुन्। सहरी क्षेत्रका विमानस्थलमा न्यूनतम ४५ रूपैयाँदेखि अधिकतम दुई सय ६५ रूपैयाँसम्मले भाडा घटेको छ। काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थललाई आधार बनाएर भाडा निर्धारण हुन्छ।

सबैभन्दा धेरै भाडा काठमाडौं– नेपालगन्ज उडानको घटेको छ। काठमाडौं नेपालगन्ज रुटमा दुई सय ६५ रूपैयाँ घटेको छ। त्यसैगरी सबैभन्दा कम काठमाडौं–सिमरा उडानमा ४५ रूपैयाँ घटेको छ। घटेको हवाई भाडादर बुधबारदेखि नै लागु भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। आयल निगमले हवाई इन्धनको मूल्य न्यूनतम पाँच रूपैयाँ घटाउँदा वा बढाउँदा वायुसेवा कम्पनीहरूले हवाई भाडा समायोजन गर्ने गरेका छन्।

नयाँ भाडादर अनुसार त्रिभुवन अन्तर्राष्ट्रियबाट उडान हुने वायु सेवा कम्पनी भाडादर घटाएका छन् । काठमाडौं– भद्रपुर रुटमा एसय ५० रूपैयाँ, काठमाडौं– विराटनगर एक सय २० रूपैयाँ, काठमाडौं– जनकपुर ६५ रूपैयाँ, काठमाडौं–भरतपुर ५० रूपैयाँ, काठमाडौं– पोखरा ८० रूपैयाँ, काठमाडौं– भैरहवा १०५ रूपैयाँ इन्धनको मूल्य घटेको छ ।

यो सम्बन्धित गन्तव्यबाट फर्किंदा पनि भाउ सोही दरमै घटेको छ। त्यसैगरी, काठमाडौं– नेपालगन्जमा एक सय ६५, धनगढीमा दुई सय २०, तुम्लिङटारमा ९०, सिमरामा ४५, सुर्खेतमा एक सय ७५, राजविराजमा एक सय रूपैयाँले घटेको छ।

प्रकाशित मिति : १९ भाद्र २०८१, बुधबार  ८ : ४४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूजील्यान्ड एनआरएनए अध्यक्ष पदका लागि डा. अच्युत अर्यालको उम्मेदवारी

बुटवल । भैरहवा निवासी डा. अच्युत अर्यालले गैरआवासीय नेपाली संघ

गुलाम अली पहिलोपटक नेपालमा, पुल्चोकमा भव्य गजल प्रस्तुत गर्ने

काठमाडौं । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अली बिहीबार बेलुका काठमाडौं

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलामा कति पुग्यो ?

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा

समाजवादी मोर्चाले काठमाडौंमा १५ गते वृहत् जनसभा आयोजना गर्ने निर्णय

काठमाडौं । विपक्षी चार दलको समाजवादी मोर्चाले आगामी चैत १५

तराईका जिल्लाहरुमा आज फागु अर्थात होली पर्व मनाइँदै

काठमाडौं । आज तराईका जिल्लाहरुमा फागु अर्थात होली पर्व मनाइँदैछ