४ असार २०८३, बिहिबार । June 18, 2026

पाँचथरमा विस्फोटमा परी २ बालबालिकाको मृत्यु


१४ भदौ २०८१, शुक्रबार  

114
Shares

पाँचथर । पाँचथरमा बिहीबार भएको विस्फोटको घटनामा घाइते भएका अर्का बालकको पनि मृत्यु भएको छ ।

पाँचथरको फालेलुङ गाउँपालिका–५ प्राङवुङको डाडागाउँ टोलमा बिहीबार दिउँसो भएको विस्फोटमा परेर गम्भीर घाइते भएका स्थानीय दिलिप साँवाका ११ वर्षीय छोरा दिप्सनको मृत्यु भएको हो । माओवादी कार्यकर्ता आइतराज केरुङको घरमा बस्दै आएका ज्ञानबहादुर राईका १० वर्षीय छोरा पवन, स्थानीय दिलीप साँवाका ११ वर्षीय छोरा दिप्सन र अढाई वर्षीया छोरी प्रिन्सा घाइते भएका थिए भने बिस्फोटबाट दीपक राईका ७ वर्षीय छोरा सामान्य घाइते भएका थिए ।

गम्भीर घाइते भएका उनीहरुलाई पाँचथर अस्पताल पुर्याइए पनि थप उपचारका लागि उनीहरूलाई झापा लैजाने क्रममा प्रिन्साको राति १० बजे इलाम पुर्याउँदा बाटोमै र दिप्सनको राती १ वजे बी एन्ड सी अस्पताल झापा पुर्याउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

घाइते बालक पवनको पाँचथर अस्पतालमै उपचार भइरहेको र उनको अवस्था सामान्य रहेको उपचाररत अस्पतालले जनाएको छ । बालबालिका घरेलु ग्रिनेड पड्केर घाइते भएको हुन सक्ने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १४ भदौ २०८१, शुक्रबार  ८ : ४२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा