३ आश्विन २०८३, शनिबार । September 20, 2026

साफ यु–२० च्याम्पियनसिपः पूरा भयो सेमिफाइनल समिकरण


७ भदौ २०८१, शुक्रबार  

267
Shares

काठमाडौं । जारी साफ यु–२० च्याम्पियनसिपको सेमिफाइनलको समीकरण पूरा भएको छ ।

समूह चरणको अन्तिम खेलमा भारतले माल्दिभ्सलाई पराजित गरेसंगै च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूरा भएको हो । शुक्रबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा भारतले माल्दिभ्सलाई १–० ले पराजित गरेको हो । पराजित भएसंगै माल्दिभ्स अंकविहीन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ भने भारत समूह विजेता बनेको छ ।

त्यस्तै सोही समूहबाट भुटान तीन अंकका साथ सेमिफाइनल पुगेको छ । अब सेमिफाइनलमा नेपालले भुटानसँग प्रतिष्पर्धा गर्ने छ भने साबिक विजेता भारतले साबिक उपविजेता बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।

सेमिफाइनलका खेल आइतबार र सोमबार हुने छन् भने फाइनल खेल आगामी बुधबार हुने एन्फाले जनाएको छ ।

प्रकाशित मिति : ७ भदौ २०८१, शुक्रबार  ५ : २२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली