१३ पुस २०८२, आइतबार । December 28, 2025

काभा महिला भलिबल नेसन्स लिगः नेपाललाई पराजित गर्दै भारतले जित्यो उपाधि



काठमाडौं । काभा महिला भलिबल नेसन्स लिगमा नेपाल उपविजेतामै सीमित भएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बुधबार बेलुकी भएको फाइनल खेलमा नेपाल भारतसँग पराजित भएको हो । निरन्तर सेटमा अग्रता लिए पनि नेपालले अन्तिम सेट गुमाउँदै उपाधि नै गुमाउन पुगेको हो । नेपाल पहिलो सेट जितेर अग्रता लिन सफल भए पनि दोस्रो सेट जितेर भारतले १–१ को बराबरी गर्यो ।

तेस्रो सेट जितेर नेपालले २–१ को अग्रता लियो । तर भारतले त्यसपछिका दुवै सेट जितेर उपाधि नै जित्यो । नेपालले लिग चरणमा भारतलाई हराएर पहिलो पटक भारतमाथि जित हासिल गर्ने इतिहास रचेको भए पनि त्यो इतिहासलाई दोहोर्याउन भने सकेन । नेपालले सेमिफाइनलमा इरानलाई सोझो सेटमा ३–० को सोझो सेटमा पराजित गरेको थियो भने भारतले श्रीलंकालाई ३–० ले पराजित गरेको थियो ।

नेपाल लिग चरणमा इरानसँग पराजित भएको भए पनि सेमिफाइनलमा भने उत्कृष्ट प्रदर्शन गर्यो । अहिलेसम्म नेपालले इरानलाई हराउन सकेको थिएन । तेस्रो स्थानको भिडन्तमा इरानले श्रीलंकालाई ३–० ले हराएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  ७ : २९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist