३ आश्विन २०८३, शनिबार । September 19, 2026

काभा महिला भलिबल नेसन्स लिगः नेपाललाई पराजित गर्दै भारतले जित्यो उपाधि


२३ श्रावण २०८१, बुधबार  

159
Shares

काठमाडौं । काभा महिला भलिबल नेसन्स लिगमा नेपाल उपविजेतामै सीमित भएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बुधबार बेलुकी भएको फाइनल खेलमा नेपाल भारतसँग पराजित भएको हो । निरन्तर सेटमा अग्रता लिए पनि नेपालले अन्तिम सेट गुमाउँदै उपाधि नै गुमाउन पुगेको हो । नेपाल पहिलो सेट जितेर अग्रता लिन सफल भए पनि दोस्रो सेट जितेर भारतले १–१ को बराबरी गर्यो ।

तेस्रो सेट जितेर नेपालले २–१ को अग्रता लियो । तर भारतले त्यसपछिका दुवै सेट जितेर उपाधि नै जित्यो । नेपालले लिग चरणमा भारतलाई हराएर पहिलो पटक भारतमाथि जित हासिल गर्ने इतिहास रचेको भए पनि त्यो इतिहासलाई दोहोर्याउन भने सकेन । नेपालले सेमिफाइनलमा इरानलाई सोझो सेटमा ३–० को सोझो सेटमा पराजित गरेको थियो भने भारतले श्रीलंकालाई ३–० ले पराजित गरेको थियो ।

नेपाल लिग चरणमा इरानसँग पराजित भएको भए पनि सेमिफाइनलमा भने उत्कृष्ट प्रदर्शन गर्यो । अहिलेसम्म नेपालले इरानलाई हराउन सकेको थिएन । तेस्रो स्थानको भिडन्तमा इरानले श्रीलंकालाई ३–० ले हराएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  ७ : २९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली