१८ जेष्ठ २०८३, सोमबार । June 1, 2026

पेरिस ओलम्पिक–२०२४

अहिलेसम्म ३६ देशले जिते पदक, ६ स्वर्णसहित जापान शिर्ष स्थानमा


१५ श्रावण २०८१, मंगलबार  

951
Shares

एजेन्सी । जारी पेरिस ओलम्पिक–२०२४ मा अहिलेसम्म ३६ देशले पदक जितेका छन् ।

आइतबार सम्पन्न खेलपछि १७ देशले स्वर्ण पदक जितेका छन् भने कुल ३६ देशले पदक जितेका छन् । जसमा जापान ६ स्वर्ण, २ रजत र ४ कास्य पदकसहित शीर्ष स्थानमा रहेको छ भने आयोजक फ्रान्स ५ स्वर्ण ८ रजत र ३ कास्य पदकसहित दोस्रो स्थानमा रहेको छ ।

त्यसैगरी चीनले ५ स्वर्ण, ५ रजत र २ कास्य पदक जितेको छ भने अस्ट्रेलिया ५ स्वर्णसहित ४ रजत पदक जितेर चौथो स्थानमा रहेको छ । त्यस्तै दक्षिण कोरियाले ५ स्वर्ण ३ रजत र १ कास्य पदक जितेको छ भने अमेरिकाले ३ स्वर्ण ८ रजत र ९ कास्य पदक जितेको छ ।

त्यस्तै ग्रेट ब्रिटेनले २ स्वर्ण, ५ रजत र ३ कास्य पदक जितेको छ भने इटालीले २ स्वर्ण, ३ रजत र ३ कास्य पदक जितेको छ । त्यस्तै क्यानडा, हङकङ र जर्मनीले पनि २–२ स्वर्ण पदक जितेका छन् । त्यसैगरी काजखस्तान, दक्षिण अफ्रिका, बेल्जियम, अजरबैजान, रोमानिया र उज्बेकिस्तानले पनि एक एक स्वर्ण पदक जितेका छन् ।

त्यसैगरी अहिलेसम्म ओलम्पिक पदक जित्ने देशमा ब्राजिल, स्वीडेन, फिजी, कोसोभो, मंगोलिया, पोल्याण्ड, ट्युनिसिया, इजिप्ट, स्पेन, हंगेरी, भारत, मोलडोभा, मेक्सिको, स्वीट्जरल्याण्ड, स्लोभाकिया, आयरल्याण्ड, टर्किए र युक्रेनले पदक जितेका छन् ।

प्रकाशित मिति : १५ श्रावण २०८१, मंगलबार  ८ : २९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिआईबीका ठूला अनुसन्धानले बढायो कानुनी शासनप्रतिको भरोसा

काठमाडौं । पछिल्लो समय नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)

ढुवानी व्यवसायलाई डिजिटल, व्यवस्थित र पारदर्शी बनाउन ट्रक महासंघका अध्यक्ष बानियाँको जोड

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली