१२ पुस २०८२, शनिबार । December 27, 2025

टी–२० सिरिजः श्रीलंकाविरुद्ध भारतको लगातार दोस्रो जित



एजेन्सी । श्रीलंकाविरुद्धको टी–२० सिरिजमा भारतले लगातार दोस्रो जित निकालेको छ ।

सूर्यकुमार यादवको कप्तानीमा श्रीलंका भ्रमणमा पुगेको भारतले वर्षाका कारण अवरुद्ध भएको खेलमा डिएलएस पद्धतिमा दोस्रो खेल ७ विकेटको जित निकालेको हो । पहिलो खेलमा भारत ४३ रनले विजयी भएको थियो । टस जितेर सुरुमा ब्याटिङको निम्तो दिएको भारतविरुद्ध श्रीलंकाले पूरै २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १ सय ६१ रन बनाएको थियो ।

श्रीलंकाका लागि कुसल परेराले ५३ रनको अर्धशतकीय इनिङ खेले । ३४ बलको सामना गरेका उनले ६ चौका र दुई छक्का प्रहार गरे। पथुम निसानकाले ३२ रन जोड्दा कामिन्दु मेन्डिसले २६ रन बनाए । श्रीलंकाका कप्तान चरिथ असालान्का १४ रनमा आउट भएका थिए । श्रीलंकालाई सस्तैमा समेट्न भारतका लागि रवि बिश्नोईले तीन विकेट हात पारे ।

चार ओभर बलिङ गरेका उनले २६ रन खर्चिए। भारतका लागि अक्षर पटेल, हार्दिक पाण्डेय र आर्शदीप सिंहले समान दुई–दुई विकेट हात पारे । १ सय ६२ रनको लक्ष्य पछ्याएको भारतले ब्याटिङ सुरु गरे लगत्तै वर्षा भएपछि खेल अवरुद्ध भएको थियो । वर्षाले खेल अवरुद्ध भएपछि आठ ओभरमा छोट्याइएपछि भारतले ७८ रनको चुनौती पाएको थियो ।

भारतले उक्त लक्ष्य ६ दशमलव ३ ओभरमा तीन विकेटको क्षतिमा ८१ रन बनाउँदै भेट्टाएको हो । भारतका लागि यशस्वी जैसवालले १२ बलमा सर्वाधिक ३० रन बनाउँदा कप्तान सूर्यकुमार यादवले १२ बलमा २६ रन जोडे ।

हार्दिक पण्डेयले ९ बल खेल्दै नटआउट २२ रन बनाए ।

प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार  ८ : ०० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist