३ आश्विन २०८३, शनिबार । September 19, 2026

टी–२० सिरिजः श्रीलंकाविरुद्ध भारतको लगातार दोस्रो जित


१४ श्रावण २०८१, सोमबार  

774
Shares

एजेन्सी । श्रीलंकाविरुद्धको टी–२० सिरिजमा भारतले लगातार दोस्रो जित निकालेको छ ।

सूर्यकुमार यादवको कप्तानीमा श्रीलंका भ्रमणमा पुगेको भारतले वर्षाका कारण अवरुद्ध भएको खेलमा डिएलएस पद्धतिमा दोस्रो खेल ७ विकेटको जित निकालेको हो । पहिलो खेलमा भारत ४३ रनले विजयी भएको थियो । टस जितेर सुरुमा ब्याटिङको निम्तो दिएको भारतविरुद्ध श्रीलंकाले पूरै २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १ सय ६१ रन बनाएको थियो ।

श्रीलंकाका लागि कुसल परेराले ५३ रनको अर्धशतकीय इनिङ खेले । ३४ बलको सामना गरेका उनले ६ चौका र दुई छक्का प्रहार गरे। पथुम निसानकाले ३२ रन जोड्दा कामिन्दु मेन्डिसले २६ रन बनाए । श्रीलंकाका कप्तान चरिथ असालान्का १४ रनमा आउट भएका थिए । श्रीलंकालाई सस्तैमा समेट्न भारतका लागि रवि बिश्नोईले तीन विकेट हात पारे ।

चार ओभर बलिङ गरेका उनले २६ रन खर्चिए। भारतका लागि अक्षर पटेल, हार्दिक पाण्डेय र आर्शदीप सिंहले समान दुई–दुई विकेट हात पारे । १ सय ६२ रनको लक्ष्य पछ्याएको भारतले ब्याटिङ सुरु गरे लगत्तै वर्षा भएपछि खेल अवरुद्ध भएको थियो । वर्षाले खेल अवरुद्ध भएपछि आठ ओभरमा छोट्याइएपछि भारतले ७८ रनको चुनौती पाएको थियो ।

भारतले उक्त लक्ष्य ६ दशमलव ३ ओभरमा तीन विकेटको क्षतिमा ८१ रन बनाउँदै भेट्टाएको हो । भारतका लागि यशस्वी जैसवालले १२ बलमा सर्वाधिक ३० रन बनाउँदा कप्तान सूर्यकुमार यादवले १२ बलमा २६ रन जोडे ।

हार्दिक पण्डेयले ९ बल खेल्दै नटआउट २२ रन बनाए ।

प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार  ८ : ०० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली