६ श्रावण २०८३, बुधबार । July 22, 2026

गौशाला–२६ ले सन्दीपविरुद्ध सर्वोच्चमा पुनरावेदन नगर्ने


११ श्रावण २०८१, शुक्रबार  

9
Shares

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कारको आरोप लगाउँदै आएकी गौशाला–२६ ले उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन नगर्ने भएकी छन्।

शान्तिपूर्ण जीवन बाँच्न चाहेको बताउँदै सर्वोच्चमा उनले नजाने बताएकी हुन्। गौशाला–२६ ले उच्च सरकारी वकिल कार्यालय, पाटन र महान्यायाधीवक्ता कार्यालयलाई सर्वोच्चमा नजाने व्यहोरासहित निवेदन दिएकी छन्। उक्त निवेदनमा मुद्दालाई थप अगाडि नबढाउन आग्रह गरिएको छ। उनले आफैँ सरकारी वकील कार्यालयमा निवेदन दिएकी हुन्।

मुद्दा दर्ता भएदेखि नै आफुलाई मानसिक रुपमा परेको असरको फाइदा उठाउँदै विभिन्न व्यक्ति तथा संस्थाले प्रतिवादी विरुद्ध भ्रमपूर्ण खबर र आफुमाथि दवाव बढाएको निवेदनमा खुलाइएको छ। ‘लामो समयदेखि उक्त घटनाको कारण त्राशपूर्ण जीवन बाँच्दै आएको छु। मुद्दाको कारण म त्राशपूर्ण जीवन बाँच्दै आएकी छु।

यो मुद्दाले पार्ने दुरगामी असरको बारेमा म अवगत थिइनँ,’ निवेदनमा उल्लेख छ।

प्रकाशित मिति : ११ श्रावण २०८१, शुक्रबार  १ : ५८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर