३१ आश्विन २०८३, शनिबार । October 18, 2026

गौशाला–२६ ले सन्दीपविरुद्ध सर्वोच्चमा पुनरावेदन नगर्ने


११ श्रावण २०८१, शुक्रबार  

9
Shares

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कारको आरोप लगाउँदै आएकी गौशाला–२६ ले उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन नगर्ने भएकी छन्।

शान्तिपूर्ण जीवन बाँच्न चाहेको बताउँदै सर्वोच्चमा उनले नजाने बताएकी हुन्। गौशाला–२६ ले उच्च सरकारी वकिल कार्यालय, पाटन र महान्यायाधीवक्ता कार्यालयलाई सर्वोच्चमा नजाने व्यहोरासहित निवेदन दिएकी छन्। उक्त निवेदनमा मुद्दालाई थप अगाडि नबढाउन आग्रह गरिएको छ। उनले आफैँ सरकारी वकील कार्यालयमा निवेदन दिएकी हुन्।

मुद्दा दर्ता भएदेखि नै आफुलाई मानसिक रुपमा परेको असरको फाइदा उठाउँदै विभिन्न व्यक्ति तथा संस्थाले प्रतिवादी विरुद्ध भ्रमपूर्ण खबर र आफुमाथि दवाव बढाएको निवेदनमा खुलाइएको छ। ‘लामो समयदेखि उक्त घटनाको कारण त्राशपूर्ण जीवन बाँच्दै आएको छु। मुद्दाको कारण म त्राशपूर्ण जीवन बाँच्दै आएकी छु।

यो मुद्दाले पार्ने दुरगामी असरको बारेमा म अवगत थिइनँ,’ निवेदनमा उल्लेख छ।

प्रकाशित मिति : ११ श्रावण २०८१, शुक्रबार  १ : ५८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि