काठमाडौं । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा एकै परिवारका तीनजनाको मृत्यु भएको छ ।
बुधबार बिहान ११ बजेर ११ मिनेटमा काठमाडौंबाट पोखरा उडेको सौर्य एयरको विमान उड्नासाथ दुर्घटनामा परेको थियो । दुर्घटनामा १८ जनाको मृत्यु भएको छ भने विमानका पाइलटको अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा एकै परिवारका तीनजनाको मृत्यु भएको जनाइएको छ । जहाजमा सवार मनुराज शर्मा, प्रिजा खतिवडा र अधिराज शर्माको मृत्यु भएको हो ।
मनुराज र प्रिजा श्रीमान्–श्रीमती हुन् भने अधिराज उनीहरूका छोरा हुन् । प्रिजा ऊर्जा मन्त्रालयमा कम्प्युटर अपरेटरका रूपमा कार्यरत थिइन् ।
प्राविधिक मनुराज पोखरा जाने भएपछि श्रीमती प्रिजालाई अफिसबाट र छोरा अधिराजलाई विद्यालयबाट बोलाएर घुम्न पोखरा लग्दै थिए ।







प्रतिक्रिया