२८ चैत्र २०८२, शनिबार । April 11, 2026

विकास बजेटअन्तर्गतको २५ करोड फिर्ता


८ श्रावण २०८१, मंगलबार  

12
Shares

बैतडी । बैतडीका स्थानीय तहले सङ्घीय र प्रदेश सरकारबाट प्राप्त हुने सशर्त, समपुरक र विशेष अनुदानअन्तर्गतका रकम शतप्रतिशत खर्च गर्न सकेनन् ।

यहाँका १० वटै स्थानीय तहबाट गत आर्थिक वर्ष २०८०–८१ मा खर्च हुन नसकेर रु २५ करोड २१ लाख ९४ हजार तीन सय ६९ फिर्ता भएको छ । यहाँका स्थानीय तहहरुका लागि रु २ अर्ब ८३ करोड ५३ लाख ५७ हजार छ सय ४८ रुपैयाँ बजेट प्राप्त भएको थियो । त्यसमध्ये रु दुई अर्ब ५८ करोड ३१ लाख ६३ हजार दुई सय ७८ रुपैयाँ खर्च भएको कोष तथा लेखा नियन्त्रकको कार्यालयका लेखापाल भवानी भट्टले जानकारी दिए ।

पाटन नगरपालिकामा रु ३८ करोड ६६ लाख ८२ हजार दुई सय ३४ रुपैयाँ प्राप्त भएकोमा रु ३३ करोड ८८ लाख ९९ हजार एक सय २३ खर्च भएको थियो । सो नगरपालिकाका लागि प्राप्तमध्ये रु चार करोड ७७ लाख ८३ हजार एक सय १० फिर्ता भएको हो । दोगडाकेदार गाउँपालिकामा रु ३० करोड २० लाख ८१ हजार दुई सय ९३ रुपैयाँ प्राप्त मध्ये रु २६ करोड ६५ लाख ८१ हजार पाँच सय ३४ खर्च भएको छ ।

बाँकी रु ३ करोड ५४ लाख ९९ हजार सात सय ५८ फिर्ता भएको छ । दशरथचन्द नगरपालिकामा रु ४० करोड २४ लाख १८ हजार नौ सय ६० बजेट प्राप्त भएकोमा रु ३७ करोड २४ लाख ९४ हजार दुई सय ३४ खर्च भएको भने रु २ करोड ९९ लाख २४ हजार सात सय २५ फिर्ता भएको छ । पुर्चौंडी नगरपालिकामा रु ३८ करोड २९ लाख ३३ हजार नौ सय ३० बजेट प्राप्त भएकोमा रु ३७ करोड ३९ लाख १८ हजार ४ सय ३ खर्च भइ रु ९० लाख १५ हजार ५ सय २६ रुपैयाँ फिर्ता भएको छ ।

मेलौली नगरपालिकाले रु २७ करोड १२ लाख २५ हजार २६ रुपैयाँ अनुदान प्राप्त गरेकोमा रु २४ करोड ३९ लाख ५४ हजार तीन सय ८५ रुपैयाँ खर्च गरेको हो । रु २ करोड ७२ लाख ७० हजार ६ सय ४० फिर्ता भएको छ । डिलाशैनी गाउँपालिकाबाट गत आवमा रु ६८ लाख ७२ हजार दुई सय ८२ फिर्ता भएको छ । रु २४ करोड ५५ लाख ९९ हजार १ सय ४३ बजेटमध्ये रु २३ करोड ८७ लाख २६ हजार ८ सय ६० खर्च गरेको थियो ।

पञ्चेश्वर गाउँपालिकाबाट गत आवमा रु १ करोड ९८ लाख ५० हजार ३ सय ६० फिर्ता भएको छ । रु २० करोड २४ लाख ८८ हजार ९५ बजेटमध्ये रु १८ करोड २६ लाख ३७ हजार ७ सय ३४ खर्च भएको जनाइएको छ । शिवनाथ गाउँपालिकाबाट गत आवमा रु तीन करोड २९ लाख ३४ हजार ७ सय ५६ फिर्ता भएको छ । शिवनाथमा रु १८ करोड ६२ लाख ३४ हजार ३ सय ५१ बजेटमध्ये रु १५ करोड ३३ लाख ९४ खर्च भएको छ ।

सिगास गाउँपालिकामा रु २१ करोड ६४ लाख ८३ हजार ५ सय बजेट प्राप्त भएकोमध्ये रु २० करोड ९ लाख ७७ हजार ३१ खर्च भएको छ । सिगासबाट खर्च हुन नसकेर रु १ करोड ५५ लाख ६ हजार ४ सय ६९ फिर्ता भएको छ । सुर्नया गाउँपालिकाले रु २ करोड ७५ लाख ३६ हजार ७ सय ३९ फिर्ता गरेको छ । सुर्नयाले रु २३ करोड ९२ लाख १० हजार ६ सय १६ प्राप्त गरेकोमा रु २१ करोड १६ लाख ७३ हजार ८ सय ७६ मात्र खर्च गरेको थियो ।

सशर्त, समपुरक र विशेष अनुदानअन्तर्गत प्राप्त हुने बजेट सर्तसहित आउने भएकोले सबै रकम खर्च हुन नसकेको दोगडाकेदार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रवीन्द्रबहादुर धामीले बताए । उनले भने, “शीर्षक छुट्याएर बजेट दिएको हुन्छ । सोही शीर्षकमा मात्रै खर्च गर्नुपर्ने हुन्छ ।”

ठेक्का प्रक्रियाबाट योजना निर्माण गर्दा घटाघटीमा ठेक्का गर्नुपर्ने र निर्धारित बजेट बाँकी रहने भएकोले त्यस्तो बचेको बजेट फेरि खर्च गर्न नमिल्ने हुँदा फिर्ता जाने गरेको उनको भनाई छ ।

प्रकाशित मिति : ८ श्रावण २०८१, मंगलबार  ५ : ५८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व