२२ बैशाख २०८२, सोमबार । May 6, 2025

गौरवको आयोजनाको हरिबिजोग, पहिरो रोक्न त्रिपालको सहारा



बाजुरा । अविरल वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा पहिरो जाँदा सडक अवरुद्ध छन् ।

लगातारको वर्षाले पटक–पटक अवरुद्ध भएको साँफे–मार्तडी राजमार्गमा पर्ने बडीमालिका नगरपालिका–९ कारागार नजिकैको पहिरो रोक्न त्रिपालको सहारा लिइएको छ । पहिरो नरोकिएपछि जिल्ला प्रशासन कार्यालयले सोमबार सुरक्षाकर्मी लगाएर पहिरो गएको ठाउँमा त्रिपाल बिछ्याएको हो । अविरल वर्षाका कारण भिरालो जमिनमा पहिरो नरोकिएपछि जिल्ला प्रशासन र नेपाल रेडक्रस सोसाइटीको सहयोगमा पहिरोमाथि त्रिपाल विछ्याइएको हो ।

लगातारको वर्षाका कारण पहिरोले सडक अवरुद्ध भएपछि कुनै विकल्प नहुँदा त्रिपाल बिछ्याइएको प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताए । उनका अनुसार सडक डिजिभन कार्यालय साँफेबगरलाई पहिरो गएको ठाउँमा पर्खाल निर्माण गर्न अनुरोध गरेपनि वर्षाका कारण सम्भव नभएपछि त्रिपाल हालेर सडक जोगाउने कार्य गरिएको हो । सदरमुकामकै सडक बन्द हुँदा समस्या हुने भएकाले त्रिपालको सहारा लिएको प्रजिअ पौडेलले बताए ।

सुदूरपश्चिम प्रदेशको गौरवको आयोजनाका रुपमा निर्माणाधीन उत्तरी चार पालिका जोड्ने मार्तडी– कोल्टी सडक पनि तीन सातादेखि अवरुद्ध छ । बाउली र अनाइ खोलामा पानीको प्रवाह बढेको र मार्तडी कोल्टी सडकको जिल्लीमा पहिरो जाँदा अवरुद्ध भएको उक्त सडक खुलाउन सम्बन्धित निकायले प्रयास नगरेको स्थानीयको गुनासो छ ।

प्रकाशित मिति : ८ श्रावण २०८१, मंगलबार  ५ : २१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सेयर बजारमा गिरावट : नेप्से परिसूचक र कारोबार रकम दुबै घटे

काठमाडौं । साताको दोस्रो दिन पनि नेपालको सेयर बजारमा ओरालो

जनताको नजरमा सरकार ढलिसक्योः प्रचण्ड

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी

श्रद्धा कपूर बनिन भारतकी सबैभन्दा महँगी अभिनेत्री ! कति छ पारिश्रमिक ?

एजेन्सी । बलिउडकी चर्चित अभिनेत्री श्रद्धा कपूर अहिले भारतकै सबैभन्दा

धनकुटाको गोठगाउँमा यात्रुबाहक बस दुर्घटना, एकको मृत्यु, १३ घाइते

धनकुटा । धरानबाट धनकुटातर्फ आउँदै गरेको यात्रुबाहक बस दुर्घटनामा पर्दा

प्रचण्डको प्रश्नःराष्ट्रिय गौरवका आयोजनालाई किन बेवास्ता ?

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले