२५ फाल्गुन २०८१, आइतबार । March 9, 2025

अवरुद्ध बिपी राजमार्ग एकतर्फी खुल्यो



काभ्रेपलाञ्चोक । वर्षाले पहिरो जाँदा गए रातिदेखि अवरुद्ध बिपी राजमार्ग एकतर्फी खुलेको छ ।

उक्त राजमार्गअन्तर्गत काभे्रको रोशी गाउँपालिकाका विभिन्न स्थानमा बाढी तथा पहिराले रातिदेखि सडक अवरुद्ध भएको थियो । अवरुद्ध रोशी–मङ्गलटार सडकखण्ड आज बिहानेदेखि एकतर्फी सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ । राजमार्गको माम्तीखोला र भ्याकुरेखोलाको बाढी तथा मङ्गलटार क्षेत्रका विभिन्न स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । अहिले पनि सुरक्षाकर्मी परिचालन गरी पहिरो पन्छाउने काम भइरहेको जनाइएको छ ।

सडकलाई दुईतर्फी सञ्चालनमा ल्याउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताए । उनका अनुसार दिउँसोसम्ममा दुईतर्फी यातायात सञ्चालन गराइनेछ । गत असार अन्तिम साता पनि उक्त सडकखण्ड अवरुद्ध भएको थियो ।

उक्त क्षेत्रमा स–साना पहिरो ग्इरहने भएकाले तत्काल पहिरो पन्छाउन स्काभेटरलाई ‘स्याण्डबाई’ राख्दै आइएको छ ।

प्रकाशित मिति : ७ श्रावण २०८१, सोमबार  १० : ४६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जिल्ला स्तरीय विशेष विद्यालय रनिङ शिल्ड प्रतियोगिता रौतहट २०८१ सम्पन्न

रौतहट । रौतहटको श्री बागमती माध्यमिक विद्यालय, गोपालकुटी, चन्द्रपुर-१ मा

च्याम्पियन्स ट्रफीको उपाधि भिडन्त आज, उपाधिका लागि भारत र न्यूजिल्यान्ड भिड्दै

काठमाडौं । जारी च्याम्पियन्स ट्रफीको उपाधि भिडन्त आज हुँदैछ ।

पीएम कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट आजदेखि, खेल लुम्बिनीका ३ रंगशालामा हुँदै

रुपन्देही । प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट

पूर्वी चितवनमा जंगली हात्तीको आक्रमणमा परि एक जनाको मृत्यु

चितवन । पूर्वी चितवनमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

आजको विनिमयदरः युरोको मूल्यमा नयाँ रेकर्ड, अन्य विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको