३१ बैशाख २०८३, बिहिबार । May 14, 2026

राष्ट्रपतिको चुनाबी दौडबाट बाइडेन ब्याक,कमला ह्यारिसलाई समर्थन गर्ने


७ श्रावण २०८१, सोमबार  

9
Shares

एजेन्सी । अमेरिकी राष्ट्रपतिको उम्मेदवारको रुपमा रहेका अमेरिकी राष्ट्रपति जो बाइडेनले आफु निर्वाचनमा पुन उम्मेदवार नबन्ने घोषणा गरेका छन् ।

अमेरिकी राष्ट्रपतिको उम्मेदवारको रुपमा डेमोक्रेटिक पार्टीको तर्फबाट उपराष्ट्रपति कमला ह्यारिसलाई अघि सार्ने प्रस्तावसहित बाइडेनले उम्मेदवार नबन्ने घोषणा गरेका हुन् । अमेरिकामा आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनमा रिपब्लिकन पार्टीको तर्फबाट पुर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गर्न कमला ह्यारिस सक्षम रहेको भन्दै बाइडेनले कमलाले अमेरिकाको इतिहास रच्ने विश्वास व्यक्त गरेका छन् ।

कोरोना संक्रमणका कारण अस्वस्थ भएका बाइडेनको चौतर्फी आलोचना भएपछि चुनावी दौडबाट उनी पछि हट्न बाध्य भएका हुन् । आफुले उम्मेदवार नबन्ने घोाषणासहित सामाजिक सञ्जालमा बाइडेनले अमेरिकी राष्ट्रपति पदको मनोनयन स्वीकार नगर्ने र राष्ट्रपतिको रुपमा बाँकी कार्यकाल आफनो पार्टीले नै सम्हाल्ने उल्लेख गरेका छन् ।

सन् २०२० मा उपराष्ट्रपतिको रुपमा कमला ह्यारिसलाई चयन गर्ने आफनो इच्छा पुरा भएजस्तै राष्ट्रपतिमा पनि उनीनै चयन हुने बिश्वास आफुलाई लागेको बाइडेनको भनाइ छ ।

बाइडेन राष्ट्रपति बन्न लायक नभएको भन्दै आलोचना गर्दै आएका अमेरिकी पुर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भने बाइडेनको घोषणाले केही राहत मिलेको छ ।

प्रकाशित मिति : ७ श्रावण २०८१, सोमबार  ८ : २१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बाँदर आतंक नियन्त्रण गर्न तेह्रथुममा सार्वजनिक बिदा, दुई दिन ‘धपाउने अभियान’ सञ्चालन हुने

तेह्रथुम । खेतीपातीमा बढ्दो बाँदरको क्षति रोक्न लालीगुराँस नगरपालिका ले

प्रधानमन्त्री संसदमा अनुपस्थित, सांसदका प्रश्नको जवाफ अर्थमन्त्री वाग्लेले दिने

काठमाडौँ । सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधि सभामा उठेका प्रश्नहरूको

प्रधानमन्त्री बालेनले आज नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने

काठमाडौं । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ

मेयरलाई पटक–पटक खबर गर्दा पनि फोहोर उठेन, जेठ १ गते नगरपालिकामा फाल्ने तयारी

बुटवल । रुद्रगण तथा एमआरआर टिम बुटवलको संयुक्त आयोजनामा नेपाल

‘यो नेपाली शिर उचाली : सिजन–२’ बुधबारदेखि प्रसारण हुँदै

काठमाडौं । राजेश हमाल प्रस्तोता रहेको टेलिभिजन शो ‘यो नेपाली