काठमाडौं । बंगलादेशमा आरक्षण कोटाको विरोधमा आन्दोलन चर्किँदै गएपछि त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरू स्वदेश फर्किएका छन् ।
जारी तनावका कारण करिब ८०० जना नेपाली विद्यार्थी स्वदेश फर्किसकेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । उनीहरू हवाई र स्थलमार्ग हुँदै नेपाल आएको मन्त्रालयले सामाजिक सञ्जाल एक्समार्फत जानकारी गराएको हो । बंगलादेशमा सरकारी सेवामा रहेको कोटा प्रणाली खारेजीको माग गर्दै भएको आन्दोलनका कारण समस्या उत्पन्न भएको छ ।
आन्दोलनमा ३५ जनाको मृत्यु भइसकेको छ । आन्दोलन थप हिंस्रक बन्दै गएपछि बंगलादेश सरकारले शनिबारदेखि देशभर कर्फ्यु आदेश जारी गरेको छ ।







प्रतिक्रिया