२८ बैशाख २०८२, आइतबार । May 11, 2025

आठबीसकोट बाढी अपडेट

पुरिएका तीन बालिकाको शव निकालियो, बेपत्ता एकको खोजी जारी



रुकुम । रुकुमपश्चिममा गएराति आएको बाढीले घर बगाउँदा पुरिएका तीन बालिकाको शव निकालिएको छ ।

आठविसकोट नगरपालिका १२ को झिन्चौर बगरमा झिन्चौर खोलामा आएको बाढीले घर बगाउँदा तीन बालिका पुरिएका थिए । बाढीले घर बगाउँदा पुरिएर मृत्यु भएका १० वर्षीया हितमाया पुन, आठ वर्षीया धनसा पुन र चार वर्षीया मनिषा सार्कीको शव निकालिएको आठबीसकोट नगरपालिकाका प्रमुख रवि केसीले जानकारी दिए ।

उनका अनुसार बाढीले घर बगाउँदा बेपत्ता भएका ४० वर्षीय डिल्लीबहादुर बुढाथोकीको खोजी भइरहेको छ । उनि बसेको घरमै पुरिएको हुनसक्ने आशङ्का गरिएको छ । लेदोसहितको बाढीले घर पुरिएपछि डोजर लगाएर लेदो हटाउने तयारी भइरहेको नगरप्रमुख केसीले जानकारी दिए ।

बाढीमा परेर घाइते भएका सात जनाको आठविसकोट नगर अस्पतालमा उपचार भइरहेको छ । स्थानीय १२ वर्षीय विनय सार्की, २२ वर्षीया मनिषा पुन, २९ वर्षीय जनक खत्री, छ वर्षीया मनसरी पुन, चार वर्षीय मेक्सन पुन, २८ वर्षीया धनमाया पुन र ६५ वर्षीया कल्पना कामी घाइते भएका छन् ।

घटनाको पूर्ण विवरण सङ्कलन जारी रहेको र घटनास्थलमा सुरक्षाकर्मी, स्थानीयवासीलगायतले बेपत्ताको खोजी गरिरहेको नगरप्रमुख केसीले जानकारी दिए ।

प्रकाशित मिति : १ श्रावण २०८१, मंगलबार  ९ : ३९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सस्तियो सुनको मूल्य, चाँदी बढ्यो

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यमा गिरावट आएको छ

ट्रक पल्टिँदा अवरूद्ध नारायणघाट-मुग्लिन सडक खुल्यो

चितवन । नारायणघाट(मुग्लिन सडकखण्डको इच्छाकामना गाउँपालिका–५ स्थित तुइनखोलामा ट्रक अनियन्त्रित

यस्तो छ आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको

पश्चिमी र स्थानीय वायुको प्रभावः देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायुसँगै अरब सागरबाट

भारत–पाकिस्तान युद्धविरामः जम्मू-कश्मिर क्षेत्रमा उच्च सतर्कता

काठमाडौं । भारत र पाकिस्तानबीच हालैको सैन्य तनाव शान्तिपूर्ण दिशातर्फ