८ चैत्र २०८२, आइतबार । March 22, 2026

सिमलताल दुर्घटनाः बेपत्ताका परिवारमा अझै घर फर्किने झिनो आशा


३० असार २०८१, आइतबार  

72
Shares

रौतहट । रौतहटको बौधिमाई नगरपालिका–३ मटिअर्वा गाउँका परशुराम साह, मीना देवी, रिन्कु देवी र नीरज साह बेपत्ता छन् ।

बस त्रिशूलीमा खसेको तीन दिन बित्न लागेको छ । आफन्तलाई न त लासको खबर छ र न त सासकै । अझै पनि कुनै सकारात्मक खबर आइहाल्छ कि भन्ने उनीहरुमा परिवारमा लागिरहन्छ । बौधिमाई–२ इनर्वाका राज पटेलको घरमा पनि बेहाल छ । कोही नयाँ मानिस घरमा आउँदा होस् वा मोबाइलमा घन्टी बज्दा छोरा भेटिएको खबर आयो कि भन्ने परिवारलाई लागिरहन्छ । घरमा फर्किने आशा अझै पनि पटेल परिवारमा रहेको छ ।

अजगैबी गाउँका हरिचन्द्र यादव र बाल राउत कुर्मीको घरमा चुलो नबलेको तीन दिन भयो तर आशाको दियो भने निभेको छैन । कहीँ कतैबाट कुनै राम्रो खबर आइहाल्छ कि भन्ने आशा बाँकी छ ।बौधिमाई–४ इनरवारी गाउँका प्रिन्स जयसवाल र अकलु राउत कुर्मी पनि बेपत्ता छन् । घरमा अझै पनि आशा छ कि फर्केर आउलान् वा कुनै खबर आउला भन्नेर । रौतहटका २४ जना दुर्घटनामा बेपत्ता भएका छन् ।

गणपति डिलक्सको काउन्टरबाट प्राप्त भएको चलानका आधारमा नै बेपत्ता भएका परिवारका आफन्तसित प्रहरीले सम्पर्क गरिरहेको रौतहटका प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले बताए । बेपत्ता भएका नागरिकको बारेमा यकिन विवरण आई नसकेकाले अहिले घरपरिवारसित सम्पर्कको काम भइरहेको प्रजिअ रेग्मीको भनाइ छ । शुक्रबार बिहान साढे ३ बजेतिर काठमाडौँबाट रौतहटतिर आइरहेको गणपति डिलक्समा २७ यात्रु रहेका थिए ।

त्रिशूली नदीमा खसेको उक्त बसका यात्रुहरुमध्ये तीनले ज्यान जोगाएका थिएभने २४ जना अहिलेसम्म बेपत्ता छन् ।

प्रकाशित मिति : ३० असार २०८१, आइतबार  ४ : २७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो