१८ जेष्ठ २०८३, सोमबार । June 1, 2026

कोपा अमेरिका २०२४

उरुग्वेलाई हराउँदै कोलम्बिया फाइनलमा


२७ असार २०८१, बिहिबार  

111
Shares

काठमाडौं । कोलम्बिया कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

उरुग्वेलाई १–० गोलले हराउँदै कोलम्बिया उपाधि नजिक पुगेको हो । १५ पटकको च्याम्पियन उरुग्वेलाई यसपटक कोलम्बियाले सेमिफाइनलबाटै घर फर्काइदिएको छ । पहिलो हाफको ३९औँ मिनेटमा जेफ्रिसन लिर्माले गरेको गोल नै कोलम्बियालाई फाइनल पुग्न पर्याप्त भयो । पहिलो हाफको अतिरिक्त समयमा कोलम्बियाका डानियल मुनोज रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि कोलम्बिया १० खेलाडीमा सिमित भएको थियो ।

निकै आक्रामक खेलेको उरुग्वेले गोलका लागि प्रयास गरे पनि सफल हुन सकेन । पछिल्ला २७ खेलमा अपराजित कोलम्बिया २३ वर्षपछि कोपा उपाधि जित्ने योजनामा अघि बढेको छ । कोलम्बियाले २००१ मा पहिलो पटक कोपा जितेको थियो । कोलम्बियाले उपाधिका लागि अब अर्जेन्टिनासँग खेल्नेछ ।

अर्जेन्टिना १५ पटकको विजेता पनि हो । साविक विजेता अर्जेन्टिना क्यानाडालाई २–० ले पराजित गर्दै फाइनल पुगेको हो ।

प्रकाशित मिति : २७ असार २०८१, बिहिबार  ८ : ३३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिआईबीका ठूला अनुसन्धानले बढायो कानुनी शासनप्रतिको भरोसा

काठमाडौं । पछिल्लो समय नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)

ढुवानी व्यवसायलाई डिजिटल, व्यवस्थित र पारदर्शी बनाउन ट्रक महासंघका अध्यक्ष बानियाँको जोड

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली