१९ पुस २०८२, शनिबार । January 3, 2026

कोपा अमेरिका २०२४

उरुग्वेलाई हराउँदै कोलम्बिया फाइनलमा



काठमाडौं । कोलम्बिया कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

उरुग्वेलाई १–० गोलले हराउँदै कोलम्बिया उपाधि नजिक पुगेको हो । १५ पटकको च्याम्पियन उरुग्वेलाई यसपटक कोलम्बियाले सेमिफाइनलबाटै घर फर्काइदिएको छ । पहिलो हाफको ३९औँ मिनेटमा जेफ्रिसन लिर्माले गरेको गोल नै कोलम्बियालाई फाइनल पुग्न पर्याप्त भयो । पहिलो हाफको अतिरिक्त समयमा कोलम्बियाका डानियल मुनोज रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि कोलम्बिया १० खेलाडीमा सिमित भएको थियो ।

निकै आक्रामक खेलेको उरुग्वेले गोलका लागि प्रयास गरे पनि सफल हुन सकेन । पछिल्ला २७ खेलमा अपराजित कोलम्बिया २३ वर्षपछि कोपा उपाधि जित्ने योजनामा अघि बढेको छ । कोलम्बियाले २००१ मा पहिलो पटक कोपा जितेको थियो । कोलम्बियाले उपाधिका लागि अब अर्जेन्टिनासँग खेल्नेछ ।

अर्जेन्टिना १५ पटकको विजेता पनि हो । साविक विजेता अर्जेन्टिना क्यानाडालाई २–० ले पराजित गर्दै फाइनल पुगेको हो ।

प्रकाशित मिति : २७ असार २०८१, बिहिबार  ८ : ३३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together