२१ मंसिर २०८२, शनिबार । December 7, 2025

युरोकप २०२४

इंग्ल्यान्ड लगातार दोस्रो पटक फाइनलमा



एजेन्सी । जारी युरोकप २०२४ अन्तर्गत भएको दोस्रो सेमिफाइनल खेलमा लगातार दोस्रो जित निकाल्दै इंग्ल्यान्ड यूरो कपको फाइनल पुगेको छ ।

इंग्ल्यान्ड लगतार दोस्रो पटक फाइनलमा पुगेको छ । बिहीबार बिहान सम्पन्न दोस्रो सेमिफाइनलमा नेदरल्यान्ड्सलाई २–१ गोलले पराजित गर्दै इंग्ल्यान्डले फाइनलमा स्पेनसँगको भेट पक्का गरेको हो । दोस्रो सेमिफाइनलमा सुरुवाती अग्रता लिएको नेदरल्यान्ड्सलाई रोक्दै इंग्ल्यान्ड फाइनलमा पुगेको हो । उसका लागि ओली वाटकिन्सले दोस्रो हाफको अतिरिक्त समयको पहिलो मिनेटमा गोल गर्दै फाइनल यात्रा निस्चित गरेका हुन् ।

खेलको सातौं मिनेटमा नेदरल्यान्ड्सका जावी सिमोन्सले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । खेलको १८ औं मिनेटमै इंग्ल्यान्डका लागि कप्तान ह्यारी केनले पेनाल्टी गोल गर्दै खेल बराबरीमा फर्काए । इंग्ल्यान्डका कप्तान केनलाई नेदरल्यान्डस्का डेनजेल डम्फ्रिजले फउल गरेपछि पाएको पेनाल्टीको सदुपयोग गर्दै खेल केनले खेल बराबरीमा फर्किएका थिए ।

खेल अवधिभर खेल बराबरीमै सम्पन्न हुनै लाग्दा दोस्रो हाफको अतिरिक्त समयको पहिलो मिनेटमा ओलीले गोल गर्दै इंग्ल्यान्डलाई फाइनल पु–याएका हुन् । उनलाई गोलका लागि कोल पाल्मरले पास दिएका थिए ।

प्रकाशित मिति : २७ असार २०८१, बिहिबार  ७ : २५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको