३ आश्विन २०८३, शनिबार । September 19, 2026

जिम्बाबेविरुद्धको टी–२० सिरिजमा भारतको लगातार दोस्रो जित


२६ असार २०८१, बुधबार  

786
Shares

एजेन्सी । भारतले जिम्बाबेविरुद्धको टी–२० सिरिजमा लगातार दोस्रो जित हासिल गरेको छ ।

बुधबार भारतले सिरिजको तेस्रो खेल २३ रनले जितेको हो । भारतले दिएको १ सय ८३ रनको लक्ष्य पछाएको जिम्बाबेमा २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५९ रन मात्र बनाएको थियो । जिम्बाबेका लागि डिओन मेयर्सले सर्वाधिक ६५ रन बनाएका थिए भने क्लीभ माडान्डेले ३७ रन बनाएका थिए ।

त्यसैगरी भारतीय बलर वाशिंटन सुन्दरले सर्वाधिक ३ विकेट लिए भने अभेश खानले २ तथा खलील अहमदले एक विकेट लिएका थिए । यस अघि टस जितेर पहिला ब्याटिङ गरेको भारतले २० ओभरमा ४ विकेट गुमाएर १ सय ८२ रन बनाएको थियो ।

भारतका लागि कप्तान शुभमन गिलले सर्वाधिक ६६ रन बनाए भने रुतुराज गायकवाडले ४९ तथा यशस्वी जयसवालले ३६ रन बनाएका थिए ।

प्रकाशित मिति : २६ असार २०८१, बुधबार  ९ : २४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ