२१ मंसिर २०८२, शनिबार । December 7, 2025

युरोकप २०२४

फ्रान्सलाई पराजित गर्दै स्पेन फाइनलमा



एजेन्सी । जारी युरोकप २०२४ अन्तर्गत गएराति भएको सेमिफाइनल खेलमा फ्रान्सलाई पराजित गर्दै स्पेन युरो कप २०२४ को फाइनलमा प्रवेश गरेको छ ।

जर्मनको म्युनिखमा मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा स्पेनले फ्रान्स माथि २–१ को पुनरागमन जित दर्ता गर्न सफल भयो । खेलको पहिलो अग्रता भने फ्रान्सले लिएको थियो । खेलको आठौं मिनेटमा मुआनीले हेडर गोल गर्दै फ्रान्सलाई १–० को अग्रता दिलाएका थिए । तर खेलको २१औं मिनेटमा स्पेनले बराबरी गोल गर्यो ।

युरो २०२४ मा सनसनी प्रदर्शन गरिरहेका १६ वर्षीय लामिन यमालले बक्स बाहिरबाट सुन्दर गोल गर्दै बराबरी गर्न सफल भए । २५औं मिनेटमा स्पेनले अग्रता लियो । ड्यानी ओल्मोले गोल गरेपछि स्पेन २-१ को अवस्थामा पुग्यो ।

त्यसपछि दुबै टोलीको तर्फबाट गोल भएन र १२ वर्षपछि स्पेन पुनः फाइनलमा पुगेको छ ।

प्रकाशित मिति : २६ असार २०८१, बुधबार  ६ : ४८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको