१ कार्तिक २०८३, आइतबार । October 19, 2026

गौतम गम्भीर बने भारतीय क्रिकेट टोलीको मुख्य प्रशिक्षक


२५ असार २०८१, मंगलबार  

1.1k
Shares

एजेन्सी । भारतीय क्रिकेट टोलीको नयाँ मुख्य प्रशिक्षकमा गौतम गम्भीर नियुक्त भएका छन् ।

बीसीसीआई सचिव जय शाहले सामाजिक सञ्जालमार्फत गम्भीर मुख्य प्रशिक्षक नियुक्त भएको घोषणा गरेका हुन् । केही समययता मुख्य प्रशिक्षकको जिम्मेवारीका लागि गौतम गम्भीरको नाममा चर्चा चलिरहेको थियो । गत संस्करणको आईपीएलमा गम्भीरले मेन्टरिङ गरेको कोलकाता नाइट राइडर्सले उपाधि जितेको थियो ।

गौतमले आफ्नो कप्तानीमा कोलकोतालाई दुईपटक आईपील उपाधि जिताएका छन् । भारतले २००७ मा टी–२० विश्वकप र २०११ मा एकदिवसीय विश्वकप जित्दा उनी टीमको सदस्य थिए । गम्भीर २०१९ मा भारतीय जनता पार्टीमा सामेल भएका थिए ।

उनी पूर्वी दिल्लीबाट सांसद पनि निर्वाचित भएका थिए । हालै उनले राजनीति छोडेका हुन् ।

प्रकाशित मिति : २५ असार २०८१, मंगलबार  ९ : ४३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि