१० पुस २०८२, बिहिबार । December 26, 2025

नौबिसे–मलेखु सडक बुधबारदेखि १५ दिन दैनिक ५ घण्टा बन्द हुने



काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत नौबिसे–मलेखु सडकखण्ड १५ दिन दैनिक ५ घण्टा बन्द हुने भएको छ ।

नागढुंगा–मुग्लिङ सडक योजना (पूर्वी खण्ड) कार्यालयका अनुसार उक्त सडकखण्ड असार २६ गते (बुधबार) देखि साउन ९ गतेसम्म दैनिक राति १० बजेदेखि बिहान ३ बजेसम्म बन्द गरिने भएको हो । उक्त सडकखण्डमा पर्ने गणेश खोला, डाङडुङ खोला, खेस्टे खोला र पोखरे खोला पुलहरूको गर्डर लञ्चिङ गरिने भएकाले सडक बन्द गर्न लागिएको हो ।

सडक प्रयोगकर्ताहरूलाई हुन सक्ने जोखिम तथा यातायात आवागमनमा पर्ने बाधालाई मध्यनजर गर्दै सडकखण्डअन्तर्गतका ती स्थानमा सवारी आवागमन बन्द गरिने भएको हो । उक्त अवधिमा एम्बुलेन्स र सुरक्षा निकायले प्रयोग गर्ने सवारीसाधनबाहेक अन्य सवारी साधन आवागमन पूर्ण रूपमा रोकिने कार्यालयले सूचनामार्फत जानकारी गराएको छ ।

साथै वैकल्पिक मार्गका रूपमा गल्छी–विदूर–छहरे–टोखा सडक प्रयोग गर्न सकिने जनाइएको छ ।

प्रकाशित मिति : २५ असार २०८१, मंगलबार  ७ : २१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist