१० पुस २०८२, बिहिबार । December 26, 2025

१४ घण्टादेखि मध्यपहाडी लोकमार्ग अवरुद्ध, यात्रु अलपत्र



बागलुङ । अविरल वर्षाका १४ घण्टादेखि अवरुद्ध मध्यपहाडी लोकमार्ग अझैसम्म खुल्न सकेको छैन ।

बागलुङको गलकोट नगरपालिका–११ रिघा फेदीमा आइतबार करिब १ बजे पहिरो खस्दा लोकमार्ग अवरुद्ध भएको हो । सडक अवरुद्ध हुँदा ठूलो सङ्ख्यामा यात्रु अलपत्र परेका छन् । सडक अवरुद्धहुँदा काठमाडौं देखि बागलुङको बुर्तिवाङ, रुकुमपूर्व, जाजरकोट, रुकुमपश्चिमलगायतका स्थानमा जाने रात्रि बससहित दर्जनौँ सवारी साधान ठप्प भएको इलाका प्रहरी कार्यालय गलकोटका प्रमुख प्रहरी निरीक्षक थम्मन रानाले जानकारी दिए ।

बिहानदेखि नै सडक खुलाउने प्रयास गरे पनि अहिलेसम्म सञ्चालनमा ल्याउन नसकेको रानाले बताए । पहिरो अहिले पनि निरन्तर खसिरहेको हुँदा सडक सञ्चालनमा समस्या भएको छ । भारी वर्षा भएको हुँदा यात्रु गाडीबाट बाहिर निस्कनसमेत समस्या भएको प्रहरी निरीक्षक रानाको भनाइ छ । बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो खस्दा कालिगण्डकी करिडोरसमेत अवरुद्ध भएको छ ।

जैमिनी नगरपालिका–१ जिम्रिघाटस्थित पहिराको कारण कालिगण्डकी करिडोर पूर्णरुपमा अवरोध रहेको भन्दै सोही पालिकाको वडा नम्बर ८ रादीखोलामा पनि ठूलो पहिरो जाँदा करिडोर पूर्ण रुपमा ठप्प भएको हो ।

प्रकाशित मिति : २३ असार २०८१, आइतबार  ६ : २८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist