१ कार्तिक २०८३, आइतबार । October 18, 2026

कोपा अमेरिका २०२४

पानामालाई ५–० गोल अन्तरले पराजित गर्दै कोलम्बिया सेमिफाइनलमा


२३ असार २०८१, आइतबार  

501
Shares

एजेन्सी । जारी कोपा अमेरिका २०२४ अन्तर्गत आइतबार बिहान भएको खेलमा पानामलाई ५–० गोल अन्तरले पराजित गर्दै कोलम्बिया सेमिफाइनलमा प्रवेश गरेको छ ।

अरिजोनास्थित स्टेट फार्म स्टेडियममा भएको क्वाटरफाइनल खेलमा कोलम्बियाले पहिलो हाफमा तीन र दोस्रो हाफमा दुई गोल गरेको थियो । उसका लागि जुवान कोर्डोबाले आठौं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । जेम्स रोड्रिगजेले १५औं मिनेटमा पेनाल्टीमार्फत गोल गरे भने लुइस डियाजले ४१औं मिनेटमा गोल गरे ।

यस्तै रिचार्ड रिओसले ७०औं र मिगुएल बवर्जाले इन्जुरी टाइमको चौथो मिनेटमा गोल गरे । कोलम्बिया लगातार दोस्रो पटक कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश गरेको हो ।

यसअघि २०२१ मा भएको कोपामा कोलम्बिया सेमिफाइनलमा अर्जेन्टिनासँग पेनाल्टीसुटआउटमा पराजित भएको थियो ।

प्रकाशित मिति : २३ असार २०८१, आइतबार  ८ : ४१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि